नेकपा एसले माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने

नेकपा एसले माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीले माघ १४ देखि १८ गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ। 

बिहीबार ललितपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले माघमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 

बैठकले पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन सुझावसहित सर्वसम्मतीले पारित गरेको छ। बैठकले मंसिरसम्म कमिटी नभएका पालिका र वडाहरूमा कमिटी गठन गर्ने र सबै कमिटीहरूले सदस्यताको विवरण संकलन गर्ने, महाधिवेशनलाई केन्द्रित गरी भदौ मसान्तसम्म संगठन र प्रचारको योजना बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ।  

त्यस्तै आगामी असोजमा एक महिना पार्टीका मुद्दाहरू सुनाउने उद्देश्यका साथ मेची महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने, महाधिवेशन अगावै युवा विद्यार्थी लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने, कार्यक्षेत्रको विभाजन गर्दा संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी तोकिने निर्णय पनि बैठकले गरेको छ। 

त्यस्तै बैठकले १५ दिनमा पनि कार्यक्षेत्रमा समय दिन नसक्ने कुनै पनि तहका कमिटीका अध्यक्ष एवं सचिवहरूलाई उक्त जिम्मेवारीबाट मुक्त हुन आग्रह गर्ने निर्णय गरिएको प्रवक्ता खतिवडाले बताए। बैठकले एमसीसी सम्झौताको कार्यान्वयनको अनुगमन गर्न र पार्टीका तर्फबाट जनतालाई सुसूचित गर्न अनुगमन समिति बनाउने निर्णय गरेको उनले बताए। 

बैठकले राष्ट्रिय तथा अन्तराष्ट्रिय विषयहरूमा विभिन्न १९ बुँदे प्रस्ताव पारित गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.