संक्रमणकालीन न्याय सम्बन्धी प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सरकार प्रतिबद्ध छ : प्रचण्ड

संक्रमणकालीन न्याय सम्बन्धी प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सरकार प्रतिबद्ध छ : प्रचण्ड
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अन्तराष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालतको आदेश र पीडितहरुलाई न्यायहुने गरि शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित नेपालमा संक्रमणकालीन न्यायसम्बन्धी कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पीडितहरूलाई परिपूर्ति प्रदान गर्न र गम्भीर मानवअधिकार उल्लङ्घनका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन संक्रमणकालीन न्याय सम्बन्धी प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्। नयाँ संविधान आफैमा शान्ति सम्झौताको उपज भएको भन्दै प्रधानमन्त्री प्रचण्डले संविधानमा उल्लेख संवैधानिक प्रतिबद्धता जनआन्दोलन र जनयुद्धका कारण मात्र सम्भव भएको बताए।

null

पीडितलगायत सम्बन्धित सरोकारवालासँग परामर्श गरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयकहरुलाई समयसापेक्ष अघि बढाएको र संसदीय समितिबाट नै यसमा देखिएका जटिलताहरु समाधान हुने उनले दाबी गरे।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले सबै पक्षलाई न्याय दिदै संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई निष्कर्षमा पुर्‍याउन पीडित, नागरिक समाज, राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायलगायत समाजका सबै क्षेत्रबाट बलियो सहयोग आवश्यक रहेको धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.