कांग्रेस केन्द्रीय समितिको बैठक जारी
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय सदस्यहरूले महासमिति बैठकलगायत विभिन्न विषयमा आ-आफ्नो धारणा राखिरहेका छन्।
बैठक असोज ४ गतेदेखि सुरू भएको हो।
शुक्रबारसम्म ४५ जना केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन्। कांग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्दैछ। बैठकमा मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव आएको छ।