कांग्रेसले सरकारलाई भन्यो - इजरायलमा नेपालीको उद्दार र उपचारमा ढिलाइ गर्नु हुँदैन

कांग्रेसले सरकारलाई भन्यो - इजरायलमा नेपालीको उद्दार र उपचारमा ढिलाइ गर्नु हुँदैन
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले इजरायलमा घाइते नेपालीको तत्काल उपचार र उद्दारका लागि सरकारसँग आग्रह गरेको छ।  आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले इजरायलमा रहेका नेपालीको खोजि,उद्दार  र घाइतेहरूको उपचारका लागि सरकारले तदारुकताका साथ लाग्नुपर्ने बताएका हुन्।

उनले भने,'इजरायलमा भएको हमासको आक्रमणमा नेपाली नागरिकहरू समस्यामा परेका छन्। सरकारलाई नेपालीहरूको खोजि गर्ने,उद्दार र घाइतेहरूको स्वास्थ्य उपचार तत्काल तदारुकताका साथ उचित व्यवस्था गर्न आग्रह गर्दछु।'

उनले इजरायल र हमासबीचको द्वन्द्व लम्बिन सक्ने भन्दै त्यहाँ रहेका सम्पूर्ण नेपालीको सुरक्षाका लागि सरकारले गम्भीरताका साथ ध्यान दिन आग्रह गरे।

इजरायल र हमासबीचको आक्रमणबाट ३ नेपाली घाइते भएको र १२ जना सम्पर्कविहीन भएको परराष्ट्रमन्त्रालयले जनाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.