इजरायलमा ज्यान गुमाएका नेपालीको शव छिटो ल्याउन कांग्रेसको माग

इजरायलमा ज्यान गुमाएका नेपालीको शव छिटो ल्याउन कांग्रेसको माग
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले इजरायलमा जोखिममा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।  मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले इजरायलमा जोखिममा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमा खान बस्नका लागि उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको हो ।

बैठकले इजरायलमा ज्यान गुमाएका १० जनाको पार्थिव शारीरलाई यथासिघ्र स्वदेश ल्याएर परिवारजनलाई बुझाउने व्यवस्था गर्न समेत आग्रह गरिएको मुख्य सचेतक रमेश लेखकले जानकारी दिए। त्यस्तै सम्पर्कमा नरहेका नेपालीको खोजी गरेर अवस्था सार्वजनिक गर्ने,नेपाल आउन चाहने नेपालीका लागि सुरक्षित तवरले स्वदेश फिर्ताको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।

बैठकले इजरायलमा हमास समूहको आक्रमणको निन्दा गर्दै मृत्यु हुने नेपाली युवाप्रति श्रद्धाञ्जलीका साथै शोक प्रस्ताव पारित गरेको मुख्य सचेतक लेखकले जानकारी दिए।

बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी गराएका थिए। उनले केयरगिभरका रुपमा इजरायल गएका ४ हजार ५ सयजना नेपाली सुरक्षित रहेको जानकारी गराएका थिए।

यस्तै मन्त्री साउदले इजरायलको दक्षिण क्षेत्रको तुलनात्मकरुपमा जोखिमयुक्त क्षेत्रमा आश्रय लिइ राखेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी गराएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.