नेपाली कांग्रेस संसदीय पद्धतिको हिमायती पार्टी हो : रमेश लेखक

नेपाली कांग्रेस संसदीय पद्धतिको हिमायती पार्टी हो : रमेश लेखक

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय व्यवस्थाको हिमायती पार्टी भएको बताएका छन्।  बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले नेपाली कांग्रेस संसदीय पद्धतिमा पूर्ण विश्वास गर्ने बताएका हुन्।

कांग्रेस हमेसा प्रभावकारी संसदको पक्षमा रहेको उनको भनाइ छ। उनले संसद संसदीय शासन प्रणालीको मियो भएको बताए। 'लोकतान्त्रिक व्यवस्थाका सबै आधारभूत तत्वहरूलाई  अंगिकार गरेका छौं। गणतन्त्रात्मक शासन पद्धतिमा गएका छौं।  संसदीय शासन प्रणाली हो भनेका छौं,'उनले भने,'संसदीय शासन प्रणालीको मियो संसद् हो। यसैले संसदको प्रभावकारीता आवश्यक छ।'

संसद प्रभावकारी भए यो प्रणाली प्रभावकारी हुने उनले जिकिर गरे। उनले संसद कमजोर भयो भने व्यवस्थाको प्रभावकारिता कमजोर हुने बताए। त्यसैले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताए। सरकारलाई सदनप्रति उत्तरदायित्व बनाउने काम पनि संसदकै भएको उनको भनाइ छ।

नेपाली कांग्रेस प्रभावकारी संसदको पक्षमा उभिएको र यसलाई निरन्तरता दिने उनले विश्वास व्यक्त गरे। कानुनको कार्यान्वयन भए नभएकोप्रति संसद जिम्मेवारी हुनुपर्ने उनको भनाइ छ।

कांग्रेस सांसद लेखकले संविधानमा परिकल्पना गरेअनुसार बाटोमा मुलुकलाई अगाडि लैजान सकिने औंल्याए।

उनले नेपाली कांग्रेसले लोकतान्त्रिक व्यवस्थाका सबै आधारभूत तत्वहरूलाई अंगिकार गरिरहेको बताए। उनले संसदको अभ्यास, गतिविधि र  सबै कामकारवाही पू्र्णरुपले प्रभाविकारी हुनुपर्नेमा जोड दिए।
नेता लेखकले संसदलाई प्रभावकारी बनाउनका लागि संघीय लोकतान्त्रिक गणतन्त्रात्म व्यवस्थालाई सुदृढ पार्नका लागि नेपाली कांग्रेस प्रतिवद्ध रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.