एकीकृत समाजवादीले भूकम्पपीडितलाई २५ लाख दिने
काठमाडौं : नेकपा एकीकृत समाजवादीले जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि २५ लाख रुपैयाँ दिने भएको छ।
सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले कार्यकर्ताबाट आर्थिक संकलन गरेर सरकारको केन्द्रीय राहत कोषमा २५ लाख जम्मा गर्ने निर्णय गरेको हो।
पार्टीका मन्त्री, सांसद र जनप्रतिनिधि एवं राजनीतिक नियुक्तीमा गएकाहरूबाट १५ दिनको पारिश्रमिक पार्टी कोषमा जम्मा गर्न निर्देशन दिएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
साथै पार्टीले भूकम्पपीडितलाई उद्धार, राहतलगायतका सहयोगका लागि उपमहासचिव प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरेको छ।
बैठकले पार्टीका तर्फबाट अनुगमन र सहयोगका लागि ज्वालाको नेतृत्वमा अमर थापा, नन्दा चपाई, धनबहादुर बुढालगायतको अनुगमन राहत तथा उद्धार कार्यदल गठन गरेको हो।