कांग्रेस महासमिति बैठक फेरि सर्‍यो,पुस १६ देखि हुने

कांग्रेस महासमिति बैठक फेरि सर्‍यो,पुस १६ देखि हुने
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो।

कांग्रेस प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले बैठक पुस १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने बताए। उनले यसअघि मंसिर १३ देखि १५ गतेसम्म गर्ने भनिएको बैठक मंसिर २९ बाट पुसको २ गतेसम्म गर्ने निर्णय गरिएको भए पनि  विविध कारणले पूर्वनिर्धारित मिति परिवर्तन गर्नुपरेको बताए।

यसैगरी कांग्रेसले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि राहत,पुन:स्थापना र पुन: निर्माणलाई थप व्यवस्थित बनाउन सरकारलाई सुझाव दिएको छ।

मंगलबार बिहान कांग्रेससभापति शेरबहादुर देउवासहित महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन कुमार थापालगायतको टोली बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर  भूकम्प पीडितहरूलाई  एकद्वार प्रणालीमार्फत  प्रदेश सरकार र स्थानीय सरकारहरूलाई नै जिम्मेवारी दिएर राहत,पुन:स्थापना र पुन: निर्माणलाई थप व्यवस्थित बनाउन सुझाव दिएका हुन्।

कांग्रेसले भूकम्प प्रभावितहरूलाई राहतस्वरुप ५० लाख रुपैयाँ  सरकारलाई उपलब्ध गराएको छ। सभापति देउवालाई सो रकम बराबरको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.