कांग्रेसले पटक-पटक धोका दिंदै आएको छ : अध्यक्ष ओली

अस्थिरताको खेती नगर्न कांग्रेसलाई सुझाव

कांग्रेसले पटक-पटक धोका दिंदै आएको छ : अध्यक्ष ओली
सुन्नुहोस्

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरताको खेती नगर्न कांग्रेसलाई सुझाव दिएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा ओलीले प्रतिस्पर्धाको प्रणालीमा कसैको बहुमत नभएको अवस्थामा सरकार परिवर्तन स्वभाविक भएको भन्दै अस्थिरताको खेती नगर्न कांग्रेसलाई सुझाव दिएका हुन् । 

दुई महिनामा सरकार परिवर्तन गर्दा अस्थिरता नलाग्ने तर १४ महिनापछि सरकार परिवर्तन गर्दा अस्थिरता भयो भन्न नमिल्ने उनले बताए।

ओलीले ७० सालको चुनावपछि कांग्रेसले पटक पटक अरुलाई धोका दिंदै आएको भन्दै कांग्रेसले बाचा बन्धनमा अडिएको, इमानको खानी, बेइमानी नगर्ने भन्दा आश्चर्य लागेको धारणा राखे। कांग्रेससँगको सहयात्रा असहज भएपछि प्रधानमन्त्रीको चाहना र आफूहरुको सहयोगमा सरकार पुनःगठन भएको उनले बताए।

सरकार परिवर्तन नेपालका दलहरु मिलेर गरेकाले यसमा विदेशी वा छिमेकी मुलुकलाई जोडेर हेर्न आवश्यक नरहेको उनको भनाइ छ । अध्यक्ष ओलीले देशमा विभिन्न नाममा राष्ट्रिय एकतामा भाँजो हाल्ने र समाजमा विद्वेश फैलाउने तथा पश्चगमनमा लाने प्रवृत्तिहरु देखा परेकाले देशलाई केन्द्रमा राखेर न्याय र समनाताको प्राप्तिका लागि अग्रसर हुनुपर्नेमा जोड दिए।

उनले सञ्चारमाध्यममा आएजस्ता प्रधानमन्त्रीमा भागबण्डा नभएको दावी गरे। सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई अन्तरराष्ट्रिय मान्यता, पीडितमैत्री र सर्वोच्च अदालतको फैसलाका आधारमा अघि बढ्न निरन्तर प्रतिबद्ध रहेको उनले बताए।  
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.