'जनतालाई धोका दिएर बनेको गठबन्धनलाई कांग्रेसले विश्वासको मत दिँदैन'

'जनतालाई धोका दिएर बनेको गठबन्धनलाई कांग्रेसले विश्वासको मत दिँदैन'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनतालाई धोका दिएर बनेको गठबन्धन सरकारलाई विश्वासको मत नदिने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विश्वासको प्रस्तावमाथि छलफलमा भाग लिँदै महामन्त्री शर्माले विगतमा जनताका बीचमा गरेका बाचा तोडेकाले प्रचण्डलाई विश्वासको मत नदिने बताएका हुन्।

उनले भने,'दलले शुभेच्छा राख्छ, शुभकाभना राख्छ। म मेरो पार्टीको तर्फबाट जानकारी गराउन चाहन्छु, मंसिर ४ गते जनताको बीचमा गरिएका बाचा बन्धनलाई तोडेर, जनतासँग गरेको गठबन्धनलाई छोडेर, जनतालाई दिएको धोकापछि अर्को गठबन्धन बनाएर जाँदै गर्दा जनताले गरेको मंसिर ४ को जनमतको जगमा विश्वासको मत दिन सक्दैन।'

उनले मंसिर ४ को विश्वासलाई खण्डित गराइसकेपछि फेरि विश्वासको मत दिन मिल्छ ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरे। नेता शर्माले प्रचण्डले संसदमा प्रस्तुत गरेका कांग्रेससँग गठबन्धन तोड्नुको कारणहरूमा तुक नभएको आरोप लगाए। 

 

 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.