नेपाल र साउदीबीच ८ ओभरको खेल हुँदै
काठमाडौं : नेपाल र साउदी अरेबियाबीच ८ ओभरको खेल हुने भएको छ। वर्षाले पिच प्रभावित पारेपछि खेल ८ ओभरमा झारिएको हो। यसैबीच नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। साउदीले अब नेपालविरुद्ध ब्याटिङ गर्नेछ।
समूहचरणको अन्तिम खेलमा नेपालले साउदीसँग भिड्न लागेको हो। यसअघि नेपालले समूहचरणका तीन वटा खेल जितेको थियो। नेपालले मलेसिया, कतार र हङकङलाई पराजित गरेको थियो। नेपाल यसअघि नै समूह विजेता समेत बनिसकेको छ।