करण केसीले लिए साउदीको दोस्रो विकेट
काठमाडौं : करण केसीले साउदीको दोस्रो विकेट झारेका छन्। तेस्रो ओभरको पहिलो बलमै उनले साउदीका अब्दुल मनान अलिको विकेट लिएका हुन्। उनी ३ रनमै आउट भएका हुन्।
यसअघि करणले पहिलो ओभरमै विकेट लिएका थिए। एसीसी प्रिमियर कपअन्तर्गत साउदीविरुद्धको खेलमा करण दोस्रो बलमै फैजल खानको विकेट लिएका हुन्। फैजल ६ रन बनाएर पेभेलियन फर्किएका थिए।
वर्षाले पिच प्रभावित पारेपछि नेपाल र साउदीबीचको खेल ८ ओभरमा खेलाइँदैछ। नेपालले टस जितेर पहिले फिल्डिङ गर्दैछ।