वेस्ट इन्डिज ‘ए’ विरुद्ध कमलसिंह ऐरीले लिए पहिलो विकेट
काठमाडौं : वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले पहिलो विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा पाँच खेलको टी २० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालका कमलसिंह ऐरीले पहिलो विकेट लिएका हुन्।
ऐरीले जोनसन चार्ल्सलाई बोल्ड आउट गराएका हुन्।
नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ रोजेका हुन्। वेस्ट इन्डिज ‘ए’ले २ ओभरमा १ विकेटको क्षतिमा २४ रन बनाएको छ। नेपालले पाहुना टिमलाई ब्याटिङको निम्तो दिएको हो। आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग खेल्न लागेको हो।
नेपाल र वेस्टइन्डिज ‘ए’बीचको दोस्रो खेल यही वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ। घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ।