वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले लियो दोस्रो विकेट
काठमाडौं : वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले दोस्रो विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा पाँच खेलको टी- २० सिरिज अन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजका आन्द्रे फ्लेचर आउट भएका हुन्।
३.३ ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा क्यापटेन रोहित पौडेल र अनिल शाहले फ्लेचरलाई रन आउट गराएका हुन्। उनले ५ बलमा १३ रन बनाएर बाहिरिए।
त्यस अगाडि कमलसिंह ऐरीले पहिलो विकेट लिएका थिए। ऐरीले जोनसन चार्ल्सलाई बोल्ड आउट गराएका हुन्। उनी शून्य रनमै बाहिरिए।
नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ रोजेका हुन्। वेस्ट इन्डिज ‘ए’ले ४ ओभरमा २ विकेटको क्षतिमा ५० रन बनाएको छ। आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’टोलीसँग खेल्न लागेको हो।