वेस्ट इन्डिज ‘ए’को तेस्रो विकेट पतन
काठमाडौं : वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा पाँच खेलको टी- २० सिरिज अन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजका अलिक अथान्जे आउट भएका हुन्।
६.५ ओभरमा रोहित पौडेलको बलमा अथान्जेलाई ललित राजवंशीले क्याच आउट गरेका हुन्। उनले २५ बलमा ४७ रनको योगदान गरे।
त्यस अगाडि दीपेन्द्रसिंह ऐरीको बलमा कप्तान पौडेल र अनिल शाहले आन्द्रे फ्लेचरलाई रन आउट गराएका थिए। उनले ५ बलमा १३ रन बनाएर बाहिरिए।
त्यसैगरी कमलसिंह ऐरीले पहिलो विकेट लिएका थिए। ऐरीले जोनसन चार्ल्सलाई बोल्ड आउट गराएका हुन्। उनी शून्य रनमै बाहिरिए।
नेपालका कप्तान पौडेलले टस जितेर पहिले फिल्डिङ रोजेका हुन्। वेस्ट इन्डिज ‘ए’ले ७ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ८७ रन बनाएको छ। आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’टोलीसँग खेल्न लागेको हो।