वेस्ट इन्डिज ‘ए’ ले टस जित्यो, नेपाललाई दियो बलिङको निम्तो
काठमाडौं : नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा पाँच खेलको टी २० सिरिज अन्तर्गत आज दोस्रो खेलमा वेस्ट इन्डिजले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको हो।
आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’टोलीसँग खेल्न लागेको हो। शनिबार नेपालले वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले हराएको थियो। वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०४ रन बनाएको थियो। जवाफि ब्याटिङ गर्दा नेपालले ६ विकेटको क्षतिमा १९.४ ओभरमा लक्ष्य भेटेको हो।
नेपाल र वेस्टइन्डिज ‘ए’बीचको तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ। घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ।