कार्कीलाई ‘मरणोपरान्त पत्रकारिता पुरस्कार’

कार्कीलाई ‘मरणोपरान्त पत्रकारिता पुरस्कार’
सुन्नुहोस्

परासी : नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका पूर्वअध्यक्ष स्वर्गीय कृष्णबहादुर कार्कीलाई ‘मरणोपरान्त पत्रकारिता पुरस्कार’ ले सम्मान गरिएको छ।

महासंघ जिल्ला शाखाको १४औं अधिवेशन एंव २४ औं साधारण सभामा कार्कीलाई उक्त पुरस्कारले सम्मान गरिएको हो। कार्यक्रममा महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले स्वर्गीय कार्कीका जेठा छोरा नारायण कार्कीलाई नगद ११ हजार १११ सहित दोसल्ला र सम्मानपत्र हस्तान्तरण गरेर सम्मान गरेका हुन्।

जिल्ला शाखाले यस वर्षदेखि जिल्लामा पत्रिकारिता क्षेत्रमा पु¥याएको योगदानको मूल्यांकन गर्दै अधिवेशन हुने वर्षमा एक जना पत्रकारलाई ‘नवलपरासी पत्रकारिता पुरस्कार’ ले सम्मान गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार महासंघको अधिवेशनको अवसर पारेर स्वर्गीय कार्कीलाई उक्त पुरस्कारले सम्मान गरिएको शाखा सचिव राजकुमार रेश्मीले बताए। उनले पत्रकार महासंघ जिल्ला शाखाको तीन कार्यकालसम्म अध्यक्ष भएर काम गरेका थिए। २०४५ सालदेखि दैनिक लुम्बिनीमा आबद्ध कार्की ७३ वर्षको उमेरसम्म पनि पत्रकारिता पेसामा क्रियाशील रहँदै आएका थिए। संस्थागत विकास र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै शाखाले कार्कीलाई सम्मान गरेको हो। कार्कीकै पहलमा रामग्राम नगरपालिकाबाट जग्गा प्राप्त गरी राजधानी बाहिर नेपालमै पहिलो जिल्ला शाखाका रूपमा पत्रकार महासंघको भवन निर्माण गरिएको शाखाले जनाएको छ। परासी निवासी कार्कीको ७३ वर्षको उमेरमा २०६८ माघ १३ गते निधन भएको थियो।

अक्षय कोष स्थापना

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका पूर्वअध्यक्ष स्वर्गीय कृष्णबहादुर कार्की र उनकी धर्मपत्नी स्वर्गीय पवित्रा कार्कीको स्मृतिमा कार्की परिवारद्वारा अक्षय कोष स्थापना गरिएको छ। नेपाल पत्रकार महासंघमा स्थापना गरिएको अक्षय कोषको राशि १ लाख ११ हजार १११ रुपैयाँ छ। महासंघ जिल्ला शाखाको १४ औं अधिवेशन एवं २४औं साधारणसभामा कार्कीका जेठो छोरा नारायण कार्कीले आफ्ना बुबाले नवलपरासी क्षेत्रको पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानलाई सधैंव सम्झना गर्ने उद्देश्यले परिवारबाट अक्षय कोष स्थापना गरिएको बताए। उक्त अक्षय कोषलाई क्रमशः बढाउँदै लगिने कार्की परिवारले जनाएको छ। स्थापना गरिएको अक्षय कोषबाट आउने ब्याजबाट जिल्लामा व्रिmयाशिल पत्रकारहरूलाई सम्मान एंव पुरस्कृत गरिने छ। महासंघ जिल्ला समितिको हरेक कार्यकालमा हुने दुईवटा साधारण सभामा १÷१ जना पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिने छ।

पत्रकार कल्याणकारी कोषमा रकम जम्मा

यसैबीच नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा नवलपरासीकी पहिलो महिला पत्रकार शान्ता भण्डारीले १६ हजार १ सय रुपैयाँ प्रदान गरेकी छन्। सुनवल निवासी भण्डारी लामो समयदेखि नवलपरासीको पत्रकारितामा क्रियाशील थिइन्। श्रमजीवी पत्रकारहरूको हौसला प्रदान गर्न आफूले उक्त कोषमा रकम सहयोग गरेको भण्डारीले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.