एसीसी प्रिमियर कप : नेपालविरुद्ध फैजको अर्धशतक

एसीसी प्रिमियर कप : नेपालविरुद्ध फैजको अर्धशतक
सुन्नुहोस्

 

काठमाडौं : एसीसी मेन्स प्रिमियर कपको समूह ‘ए’को पहिलो खेलमा नेपालविरुद्ध मलेसियाका कप्तान अहमद फैजले अर्धशतक बनाएका छन्।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको मलेसियाका लागि वान् डाउनमा क्रिजमा उत्रिएका फैजले ६४ बलमा सात चौकासहित ५० रन पूरा गरे।

ओपनर विरनदीपसिंहसँग ७२ रनको साझेदारी गर्दै फैजले इनिङको पहिलो अर्धशतक बनाएका हुन्। विरनदीपले ५२ बलमा चार चौकासहित २८ रन बनाएर खेलिरहेका छन्।

यसअघि अर्का ओपनर मोहम्मद अमिर १८ बलमा १७ रन बनाएर पभिलियन फर्किसकेका छन्।

नेपालका लागि गुल्शन झाले एक विकेटबाहेक अन्य बलरले विकेट लिन सकेका छैनन्। मलेसियाले २३ ओभरमा एक विकेट गुमाएर १०० रन पूरा गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.