एसीसी प्रिमियर कप फाइनल: पाँचौं ओभरमा नेपाललाई दोस्रो सफलता

एसीसी प्रिमियर कप फाइनल: पाँचौं ओभरमा नेपाललाई दोस्रो सफलता
सुन्नुहोस्

यूएईका लागि ओपनिङमा आएका कप्तान मोहम्मद वासिम ८ बलमा ११ रन जोडेर सोमपालको बलमा ललित राजवंशीको हातबाट क्याच भए। पाँचौं ओभरको पाँचौं बलमा करणको बलमा यूएईका वृत्या अरविन्द ८ रन जोडेर आउट भए।

काठमाडौं: एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपाललाई करण केसीले दोस्रो विकेट दिलाएका छन्। सोमपाल कामीले तेस्रो ओभरमा पहिलो विकेट दिलाएका थिए। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ बजे सुरु भएको खेलका लागि कप्तान रोहित पौडेलले फिल्डिङ गर्ने निर्णय गरेका थिए।

यूएईका लागि ओपनिङमा आएका कप्तान मोहम्मद वासिम ८ बलमा ११ रन जोडेर सोमपालको बलमा ललित राजवंशीको हातबाट क्याच भए। पाँचौं ओभरको पाँचौं बलमा करणको बलमा यूएईका वृत्या अरविन्द ८ रन जोडेर आउट भए।

उनी विकेटकिपर आसिफ शेखको हातबाट क्याच भए। यूएईले पाँच ओभरमा दुई विकेट गुमाएर २८ रन जोडेको छ।

नेपाली टिममा एक परिवर्तन भएको छ। प्रशिक्षक मोन्टी देशाइले दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झालाई स्थान दिएका छन्। शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको थियो।

समूह ए मा रहेको नेपाल ३ खेलमा विजयी भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो। 

नेपाली टिम : रोहित पौडेल, आसिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, सन्दीप लामिछाने, कुशल मल्ल, आरिफ शेख।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.