वर्षाका कारण नेपाल र यूएईको फाइनल खेल रोकियो

वर्षाका कारण नेपाल र यूएईको फाइनल खेल रोकियो
सुन्नुहोस्

नेपालका लागि करण केसीले दुई तथा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले एक-एक विकेट लिएका छन्।

काठमाडौं : एसीसी मेन्स प्रिमियर कपको फाइनल खेल वर्षाका कारण रोकिएको छ। टस हारेर ब्याटिङ गरिरहेको यूएईले १६ ओभरमा ५ विकेट गुमाएपछि खेल रोकिएको हो। यूएईले ६० रन बनाएको छ। 

नेपालका लागि करण केसीले दुई तथा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले एक-एक विकेट लिएका छन्।

यूएईका कप्तान मोहम्मद वासिम, आर्यान लाक्रा, वृत्या अरविन्द, रामिज सहजाद र रोहन मुस्तफा १५ भन्दा कम रनमा आउट भएका छन्।

 
नेपाली टिममा आज एक परिवर्तन भएको छ । प्रशिक्षक मोन्टी देशाइले दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झालाई स्थान दिएका छन्। शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको थियो।

समूह ए मा रहेको नेपाल ३ खेलमा विजयी भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.