गृहमन्त्री लामिछानेको विषय छलफल र अनुसन्धानकै अवस्थामा छ : उपप्रधानमन्त्री महासेठ

गृहमन्त्री लामिछानेको विषय छलफल र अनुसन्धानकै अवस्थामा छ : उपप्रधानमन्त्री महासेठ
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला धनुषा आउँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनकपुरधाम उपमहानगर कमिटीले ३११ केजी मालासहित स्वागत गर्दै । तस्बिरः रासस

मन्त्री महासेठले सो विषय छलफल र अनुसन्धानकै अवस्थामा रहेकाले दोषी देखिए कसैले पनि सरकारमा बस्न नसक्ने बताएका हुन्।

जनकपुरधाम : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको विषय छलफल र अनुसन्धानकै अवस्थामा रहेको बताएका छन्। जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री महासेठले सो विषय छलफल र अनुसन्धानकै अवस्थामा रहेकाले दोषी देखिए कसैले पनि सरकारमा बस्न नसक्ने बताएका हुन्।

उनले उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेका विषयमा कांग्रेसले उठाएको प्रश्न आफ्नो कित्तामा नउभिएपछिको अवस्था भएको प्रतिक्रिया जनाए। 
उनले संसद्को बाँकी अवधिसम्म वर्तमान गठबन्धनले मिलेरै काम गर्ने बताए।

प्रतिपक्षमा रहेका दलहरूसहितको सहकार्यमा वर्तमान गठबन्धन सरकारले देश विकासका लागि प्रतिबद्ध भएर काम गर्ने बताए । नेपाल कम्युनिष्ट (एमाले)ले चार वर्ष तीन महिनापछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गर्न पाएको भन्दै उनले प्रधानमन्त्री दाहालले भौतिक पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्नु निर्देशन दिएकाले आफू त्यसमा कटिबद्ध भएर लाग्नेसमेत बताए । 

‘भौतिक पूर्वाधारको विकासविना देश समृद्धितर्फ जानसक्दैन । त्यसैले सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधारसँग सम्बन्धित विषयहरूमा काम गर्नु हो । त्यसर्थ हुलाकी सडकदेखि पूर्वपश्चिम महेन्द्र राजमार्गको स्तरोन्नति र अन्य मार्ग, पुलपुलेसा तथा सडक समयमै बनाउन हामी लाग्छौँ’, उपप्रधानमन्त्री महासेठले भने । 

एमाले—कांग्रेसबीच सहकार्यका विषयमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा महासेठले वर्तमान सरकारले बाँकी अवधिसम्म सहकार्य गर्ने र प्रतिपक्षमा रहेको नेपाली कांग्रेससँग पनि सहकार्यको भावनाका साथ अगाडि बढ्ने बताए । उनले भने‘यो सरकार बाँकी अवधिसम्म चल्छ । प्रमुख प्रतिपक्षी भन्नुको अर्थ कांग्रेस ‘वेटिङ गभर्मेन्ट’ समेत भएकाले उसँग प्रतिपक्षमा होस् वा सरकारमा जहाँ भए पनि सहकार्य त हुन्छ नै, जो अहिले भइरहेको छ।’

उनले मधेस सरकारसहित सातवटै प्रदेश सरकार पुनर्गठनका विषयमा गठबन्धन दलबीच छलफल चलिरहेकाले चाँडै निष्कर्षमा पुग्ने बताए। - रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.