जीवि राईलाई पक्राउ गर्न सरकारले पूरै शक्ति लगाएको छ : गृहमन्त्री

जीवि राईलाई पक्राउ गर्न सरकारले पूरै शक्ति लगाएको छ : गृहमन्त्री
फाइल तस्बिर।

चितवन :  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीवि राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको बताएका छन् । आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे।

सरकारले गरेका कामको नतिजा पूर्णरुपमा आउने उन भनाइ छ। गृहमन्त्रीले भने, 'काहीँ कतै कसैलाई कानुनले जे भन्छ त्यही गर्ने हो । निर्दोष नफसोस् दोषी नउम्यिोस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ । त्यहीअनुसार काम हुन्छ ।'प्रक्रियामा केही जटिलता भए पनि नतिजा आउने गरी काम गर्ने उनले दावी गरे।

मन्त्री लामिछानेले देशभरी सहकारीमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर भएर लागिरहेको बताए । उनले सहकारी पीडितसँग सरकारले वार्तामार्फत् समस्या समाधानको प्रयास गरिरहेको बताएका हुन्।'सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएको छ,'उनले भने,'सहमति कार्यान्वयनमा आउँछ ।'

देशभरिका सहकारी पीडितको समस्या समाधान गरिने उनको भनाइ थियो । सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गर्ने उनले बताए। गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने राससलाई बताए।

रास्वपाका सभापति समेत रहेका लामिछानले चेपाङ् समुदायका लागि राज्यको उपस्थिति हुनेगरी सरकारले काम गर्ने बताए। जनताको दुःखमा राज्य पुग्नुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.