अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा अभद्र व्यवहार नगर्नू : गृहमन्त्री

विदेशीका लागि अध्यागमन देशको मुहार हो

अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा अभद्र व्यवहार नगर्नू : गृहमन्त्री

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न निर्देशन दिएका छन्। मंगलबार बिहान अध्यागमन विभाग कार्यालयमा उनले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई आग्रह गरेका हुन्।

‘केही खराव मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेका छन्। खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्छ।’

‘सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउनु होला।’ गृहमन्त्री लामिछानेले भने,‘विदेशीका लागि अध्यागमन देशको मुहार हो। मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन। अध्यागमन सुधारका योजना ल्याउनुस्। तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ। म निर्देशन होइन सहकार्यमा विश्वास गर्छु।’

उनले केही खराब मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेको दाबी गरे। लामिछानेले भने,‘केही खराब मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेका छन्। खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्छ।’

उनले अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए। जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधन सम्पन्न बनाउन केही चुनौती भएपनि प्रयास जारी राख्नुपर्ने बताए।

गृहमन्त्री लामिछानेले भने,‘हिजोका घटनामा कसैलाई दोषारोपण गर्न चाहान्न। भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनु हुन्न्। दलीय आवद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला।’ 

केहि दिन अगाडि सरुवाका अध्यागमन विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतिबारे जानकारी गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.