निर्वाचनको मिति कानुनमै उल्लेख हुनुपर्छ : गृहमन्त्री लामिछाने

निर्वाचनको मिति कानुनमै उल्लेख हुनुपर्छ : गृहमन्त्री लामिछाने
फाइल तस्बिर।

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्वाचनसम्बन्धी विधेयक तत्काल संसद‍्मा पेस गर्ने बताएका छन् । आइतबार निर्वाचन आयोगका पदाधिकारीहरूसँगको अन्तर्क्रियामा लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक र निर्वाचन आयोगसम्बन्धी विधेयक तत्काल संसद‍्मा पेस गर्ने बताएका हुन् । 

गृहमन्त्री लामिछानेले निर्वाचनको मिति कानूनमै उल्लेख हुनुपर्नेमा जोड दिए। उनले सही निर्वाचन कानूनले मात्रै सही नीति र नेतृत्व स्थापित गर्ने भएकाले प्रस्तावित कानूनले निर्वाचन र राजनीतिक दल सम्बन्ध विकृति नियन्त्रणमा सहयोग गर्ने विश्वास व्यक्त गरे। रास्वपा सभापति समेत रहेका लामिछानेले दलीय स्वार्थका हिसाबले तत्काल चित्त नबुझे पनि नागरिकका अपेक्षा सम्बोधन र मुलुकको भविष्यका लागि आयोगले प्रस्ताव गरेका विषयले कानूनमा समावेश हुनुपर्ने धारणा राखे।

उनले राजनीतिक दल र निर्वाचनसँग सम्बन्धित खराब व्यवस्था संशोधन नगरे विद्यमान विकृतिको अन्त्य नहुने धारणा राखे। उनले विदेशमा रहेकालाई मताधिकार दिनु भन्ने सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न नसकिएकोप्रति चासो राखे। उम्मेदवारको प्राइमरी इलेक्सन, अर्लि भोटिङ, मौन अवधिमा हुने अधिक चलखेल, आउँदा चुनावमा आर्टिफिसियल इन्टिलिजेन्स् (एआई)ले दिन चुनौतिबारे पर्याप्त बहस चलाउन आयोगलाई आग्रह गरे।

दल फुटाउने विषय कानूनमै उल्लेख हुनु दुर्भाग्य भएको टिप्पणी गर्दै लामिछानेले एउटै दलको नाम (कोष्टमा अनेकथरी लेखेर) प्रयोग गर्ने प्रचलन, गठबन्धनका नाममा दलका कार्यकर्ताले समेत इच्छाएको ठाउँमा मत दिन नसक्ने परिस्थितिको निरन्तरताले झनै विकृति ल्याउने धारणा राखे। राष्ट्रपति पुरुष हुँदा उपराष्ट्रपति महिला बनाउन दलहरुले (‘र/वा’) मा गरेको अपव्याख्याले लगत नजिर स्थापित भएकोउनको भनाई छ। 

प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले इलाम र बझाङको उपनिर्वाचन तयारी, निर्वाचन आयोगका नियमित काम-कारबाही, निर्वाचन प्रणालीबारे नीति अनुसन्धान प्रतिष्ठानको प्रतिवेदनको निश्कर्ष, निर्वाचन व्यवस्थापन र राजनीतिक दलसम्बन्धी ऐन-२०७३ (संशोधन) विधेयकको मस्यौदा र निर्वाचन व्यवस्थापनसँग सम्बन्धित सवालबारे जानकारी गराएका थिए। 

एउटा निर्वाचनमा पराजित भएकाले सोही कार्यकालमा अर्कोमा भाग लिन नपाउने

प्रमुख आयुक्त थपलियाले निर्वाचन व्यवस्थापन विधेयकतर्फ एउटा निर्वाचनमा पराजित भएकाले सोही कार्यकालमा अर्कोमा भाग लिन नपाउने, स्थानीय तहका लागि दुईवटा मतपत्र र वडास्तरको गणना मतदान केन्द्रमै गर्ने, अग्रिम मतदानको प्रबन्ध, एउटा दल नत्यागी अर्को दलबाट उम्मेदवार हुन नपाउने, विदेशमा रहेकाको नामावली दर्ता, निर्वाचनका दिन सार्वजनिक यातायातको सञ्चालनजस्ता विषय समेटिएको जानकारी दिए। 

उनले भने, ‘राजनीतिक दल सम्बन्धी ऐनको संशोधनमा दल दर्ताका लागि आवेदन दिने ५ सय जनाको आयोगले विस्तृत अध्ययन गरेर मात्रै दल दर्ता गर्ने, दल दर्ताका लागि शुल्क लिने, पाँच वर्षमा नवीकरण गर्नुपर्ने, दलको विधानअनुसार बनाइने नियमावली पनि आयोगमा बुझाउनु पर्ने, दलको पदाधिकारी संख्या कानुनमै उललैख गर्ने, स्वतन्त्र निर्वाचत जनप्रतिनिधि कार्यकाल भर कुनै दलमा प्रवेश गर्न नपाउने, खारेज भएका दलका पदाधिकारी/संस्थापक सदस्य पाँच वर्षसम्म अर्को दलमा आवद्ध हुन नपाउने, राष्ट्रिय मान्यता प्राप्त दलले दिनुपर्ने उम्मेदवारी प्रतिशत निर्धारण गर्नेजस्ता विषय समावेश गरिएको छ’प्रमुख आयुक्त थपलियाले भने।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.