राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

काठमाडौं : नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक भोलिदेखि सुरू हुँदैछ। कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसका अवसरमा एमालेले भोलिदेखि वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा बैठक बस्न लागेको हो।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमालेका महासचिव शंकर पोखरेलले बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिए।

राजनीतिक प्रतिवेदनले पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्ने उनले दावी गरे।

विगतको गठबन्धन सरकारका कारणले मुलुकले विभिन्न चुनौतीको सामान गरिरहेको उनको भनाइ छ। उनले भने,'विगतको गठबन्धन सरकारबाट तीनवटा चुनौतीबाट मुलुक गुज्रिरहेको छ। एउटा राजनीतिक अस्थिरता र  सामाजिक अराजकताको चुनौती, अर्को सामाजिक मूल्यहरूको विघटनहरूको चुनौती र तेस्रो मुलुकमा चरम आर्थिक संकटको अवस्था।'

उनले मुलुकको ओरालो यात्रालाई रोकेर सकारात्मक दिशा दिने जुन प्रयत्न छ त्यसको संलेषण राष्ट्रिय महाधिवेशन परिषदको बैठकबाट गर्ने बताए। 'मुलुकलाई अब कुन दिशामा अगाडि बढाउने भन्ने निष्कर्श बैठकका माध्यमबाट गर्नेछौं,'उनले भने,'महाधिवेशन यताको समग्र कामहरूको पार्टीको कामको समीक्ष हुनेछ।'

मिसन ग्रासरुट संगठन सुदृढकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरेको झुलाघाट- चिवाभज्याङ यात्राको समीक्षा हुने उनले बताए। यसैगरी आगामी दिनमा वार्षिक कार्ययोजनाहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि बैठकमा समीक्षा हुनेछ।

बैठकमा एकजना विशिष्ट व्यक्तिलाई'गणतन्त्र गौरव सम्मान' प्रदान गरिने उनले बताए। कार्यक्रममा अध्यक्ष केपी ओलीका साथै प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेर बहादुर देउवा लगायतले सम्बोधन गर्ने एमालेले जनाएको छ । 

बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुनेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.