एमाले नवलपरासीको नेतृत्वमा विष्णु पौडेल र शंकर पोखरेल गुटको घम्साघम्सी

एमाले नवलपरासीको नेतृत्वमा विष्णु पौडेल र शंकर पोखरेल गुटको घम्साघम्सी
सुन्नुहोस्

परासी : नेकपा एमाले नवलपरासीको नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ। वैशाख २१ र २२ गते हुने पार्टीको नवौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ। 

सुनवल नगरपालिकाको स्वाठीमा आयोजना हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्‍घाटन गर्ने पार्टीले जनाएको छ। जिल्लामा ४ हजार ६ सय पार्टी सदस्यहरू रहेको जिल्ला उपसचिव राजन आचार्यले बताए। ती सदस्यहरूबाट छनौट हुने ४२६ जना जिल्ला प्रतिनिधिले १०५ सदस्यीय जिल्ला कमिटि चयन गर्ने छन्। 

अधिवेशनका लागि जिल्लामा रहेका ७४ वडाबाट प्रतिनिधिहरू छनौट हुनेछन्। जसमध्ये पाल्हीनन्दन गाउँपालिका र रामग्राम नगरपालिकाका केही वडाबाहेक सबै वडाबाट प्रतिनिधि छनौट भइसकेको आचार्यले जानकारी दिए। बाँकी वडा र जनवर्गीय संगठनहरूबाट आउने प्रतिनिधिहरूको छनौट पनि भइरहेको र बुधबारसम्म सबैको नाम आउने पार्टीले जनाएको छ। 

प्रतिनिधि छनौटसँगै जिल्ला नेतृत्व हत्याउन नेताहरू दौडधुपमा लागेका छन्। जिल्ला नेतृत्वका लागि पार्टीभित्र गुटको प्रभाव देखिएको छ। जिल्ला नेतृत्वका लागि वर्तमान जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारी र जिल्ला सचिव धीरज शर्मा बस्याल, जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, राष्ट्रिय सभाका पूर्वसदस्य रामलखन हरिजन र श्याम बस्यालले दाबी गरेका छन्। तर, अन्तिममा भने वर्तमान जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारी र जिल्ला सचिव धीरज शर्मा बस्यालबीच प्रतिस्पर्धा हुने कार्यकर्ताहरूले बताएका छन्। गुटकै कारण अधिकारी र बस्यालबीच अन्तिममा प्रतिस्पर्धा हुने कार्यकर्ताहरूले आकलन गरेका छन्। निर्विरोधका लागि जिल्ला नेताहरूले सहमतिको प्रयाससमेत गरिरहेका छन्। गुटकै कारण अधिकारी र बस्यालले एक अर्कालाई छाड्ने छनक अहिलेसम्म देखिएको छैन। 

केन्द्रमा एक भए पनि लुम्बिनी प्रदेशमा भने महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको गुट छ। ती दुई नेताको गुटको प्रभाव नवलपरासीमा पनि प्रत्यक्ष रहँदै आएको छ। जिल्लामा पोलिटव्युरो सदस्य एंव लुम्बिनी प्रदेशका पूर्वमन्त्री बैजनाथ चौधरीले पौडेल गुटको कमाण्ड हाँकेका छन्। चौधरी नवलपरासीबाट संविधान सभा सदस्य र लुम्बिनी प्रदेश सभाको सदस्य पदमा निर्वाचित भएका थिए। त्यस्तै पोखरेल गुटको कमाण्ड वर्तमान अध्यक्ष एवं पुनः अध्यक्ष पदका आकांक्षी अधिकारीले हाँकेका छन्। 

पौडेल गुटबाट पोलिटव्युरो सदस्य चौ नधरीको सहयोगमा जिल्ला सचिव बस्यालले अध्यक्ष दाबी गरेका हुन्। पार्टीले पाल्पा जिल्लाको इन्चार्ज तोकेर पठाएका चौधरी गुटकै नेतालाई अध्यक्ष बनाउन केही दिन अघि गृह जिल्लावलपरासीमा पुगेर चुनावी अंक गणित केलाइरहेका छन्।
जिल्ला सचिव बस्याललाई अध्यक्ष बनाउन लागेका चौधरीले अर्का गुटका उम्मेदवार अधिकारीको पनि माहोललाई नजिकबाट निहालेको कार्यकर्ताहरू बताउँछन्। 

जिल्ला सचिव बस्याल बर्दघाट नगरपालिकाका निवर्तमान नगर प्रमुखसमेत हुन्। मेयर रहँदा बस्यालको कामप्रति बर्दघाट नगर क्षेत्रका केही नेताहरू असन्तुष्ट रहँदै आएका थिए। सोही कारणले बस्याल गुटकै केही प्रभावशाली नेताहरू असन्तुष्ट रहेपछि पोलिटव्युरो सदस्य चौधरी दोधारमा परेकोसमेत कार्यकर्ताहरूले बताएका छन्। 

‘पूर्वमन्त्री चौधरीले जिल्लाको राजनीतिक माहोल हेरिरहेका छन्। आफ्नो गुटमा माहोल नदेखे अधिकारीलाई सर्वसम्मतबाट पुनः अध्यक्ष बनाएर बस्याललाई उपाध्यक्ष बनाउने मनस्थितिमा समेत पुग्न सकिने देखिएको छ,’ एक नेताले भने।  चुनावमा गएर हार्नुभन्दा अधिकारीलाई अध्यक्षमा सर्वसम्मत गराएर चौधरीले आफ्ना गुटका नेताहरूको व्यवस्थापनको लबिङ्ग गर्न सक्ने पनि कार्यकर्ताहरूले बताएका छन्। 

यसैबीच जिल्ला नेतृत्व सर्वसम्मतबाट हुन्छ वा चुनावै हुन्छ? भन्ने जिज्ञासामा पोलटव्युरो सदस्य चौधरीले जिल्ला इन्चार्ज आएपछि त्यसबारे थाहा हुने बताए। नवलपरासीको जिल्ला इन्चार्ज केन्द्रीय कमिटी सदस्य बालराम अधिकारी हुन्। ‘बलरामजी विदेशमा हुनुहुन्छ। १९ गते फर्कनुहुन्छ। इन्चार्ज भएकाले पहिला उहाँको मनस्थिति बुझ्नुपर्‍यो। त्यसपछि सल्लाह गरेर सर्वसम्मत वा चुनाव गर्ने भन्नेमा निक्यौल हुन्छ,’ चौधरीले भने। 

सबैलाई मिलाएर जान सके सर्वसम्मत हुने र जान नसके लोकतान्त्रिक विधिअनुसार चुनावमा जानुको विकल्प नभएको चौधरीको भना छ। २० गते साँझसम्म चुनाव हुने नहुनेबारे छिनोफानो हुने चौधरीले बताए।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.