कर्णालीमा लगातार दुईपटक मन्त्री बन्ने शाही भन्छन्- अब संघीय मन्त्री बन्ने चाहना छ

कर्णालीमा लगातार दुईपटक मन्त्री बन्ने शाही भन्छन्- अब संघीय मन्त्री बन्ने चाहना छ
सुन्नुहोस्

डोल्पा : डोल्पाको जगदुल्ला गाउँपालिकामा विसं २०२४ साल भदौ १ गते जन्मिएका वीरबहादुर शाही दोस्रो पटक कर्णाली प्रदेश सरकारमा मन्त्री नियुक्त भएका छन्। 

मंगलबार सामाजिक विकास मन्त्रीको रूपमा शाही मन्त्री नियुक्त भएका हुन्। उनी सक्रिय राजनीति सुरु गरेको छोटो समयमै राजनीतिक उचाइमा पुग्न सफल भए। कर्णाली प्रदेश सरकारमै दुई पटक मन्त्री भइसकेका छन्। डोल्पाबाट दुई पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका मन्त्री शाही अघिल्लो कार्यकालमा कर्णाली सरकारमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भइसकेका छन्। उनका चाहाना कर्णालीजस्तै कहालिलाग्दा छन्।

कडा संघर्ष र मिहेनतबाट राजनीतिमा सफलता चुम्ने शाहीको नुनको भोगमा सुनमाथि सुतेको कणार्लीलाई व्युताउने एकमात्र एजेण्डा छ। डोल्पाली जनताका नजरमा सरल एवं विकासप्रेमी नेताका छबि बनाउन सफल छन्। सानै उमेरमा टुहुरो हुनुको पीडाले उनलाई खुसीमा न मातिन छ, न दुःखमा आतिनु नै। 

जीवन जिउने क्रममा उनले सबैभन्दा पहिला निर्माण व्यवसाय रोजे। यो नै उनको पहिलो व्यवसायिक यात्रा थियो। व्यवसायमा लाग्दा सम्पत्ति भनेका उनको अटुट हिम्मतभन्दा अरु केही थिएन। त्यही हिम्मतलाई पुँजी बनाएर अगाडि बढी आफूलाई एक सफल व्यवसायीको रूपमा प्रमाणित गरेर देखाए। यसले उनको समाजसेवाको भोक मर्ने अवस्था थिएन। 

उनी राजनीतिक माध्यामबाट समाजसेवामा लाग्न चाहन्थे। त्यसको लागि राजनीतिमा फराकिलो बाटो थियो। उनलाई धेरैले आमन्त्रण गरे तर अन्तिममा माओवादी पार्टी शाहीको रोजाइमा पर्‍यो। अहिले पनि उनको माओवादीमै राजनीतिक यात्रा जारी छ। माआवादी पार्टी जनयुद्धमा रहँदा उनले राम्रै आर्थिक भरथेक दिएका थिए। अचम्म त के भने गोप्य हिसाबले उनी विसं २०५५ सालदेखि माओवादीमा संगठित सदस्यको रूपमा थिए। उनी माओवादीको आर्थिक सहयोगदाता मात्र नभएर पार्टीको भरलाग्दो खम्बासमेत बनेका थिए। उनका विपक्षीहरू माओवादीले टपक्क टिपेर राजनीतिमा ल्याएको टिप्पणी पनि गर्छन्। 

उनी भन्छ, 'आफूले तल्लो तहमै राजनीतिक बाटो बनाएर माथि निस्किसकेको थिए। जनतादेखि केन्द्रीय स्तरमा रहेका सम्पूर्ण नेताले मलाई माया गर्नुहुन्छ। म सजिलै आज यहाँसम्म पुगेको होइन। यसमा मेरो त्याग, तपस्या र लगानी थुप्रै छ। अझ त मेरो जीवन नै राजनीतिमा सुम्पिएको छु।'

शाहीको प्रतिवद्धता छ, 'म हिजो माओवादी थिएँ, आज पनि माओवादी नै छु र भोलि पनि माओवादी नै रहनेछु।' डोल्पालाई माओवादीको लालकिल्ला बनाउने उनको भिस्म प्रतिज्ञा छ। पछिल्लो समय कर्णाली प्रदेशमा कम बोल्ने अनि जनताको काममा जुट्ने सांसदको विशेषण पाएका शाही कुरा कम काम बढी गर्न रुचाउँछन्। 

जनताको दुःखसँग सुख साट्ने आदत बनेको उनको। उनको डोल्पासँग माटो र मुटुको साइनो जोडिएको ठान्ने शाही डोल्पाको विकासमा सधैं अहोरात्र खट्ने संकल्प गर्छन्। शाहीको कामले डोल्पाली जनता फ्रफुल्ल छन्। सडक, शिक्षा, स्वाथ्य, भवन, घेरावार, सिँचाईलगायतका जनताका जनजीविकासँग जोडिएको काम उनको प्राथमिकता छन्। 

जनताको गुनासो सुन्न घरघर, बस्तीबस्ती पुग्ने शाही योजनासँगै जन-जनताको भावनाको सम्बोधन गर्ने बताउँछन्। अब उनको चाहना संघीय सरकारमा नेतृत्व गर्ने। जनतालाई जनार्दन ठान्ने उनी जनताले चाहेमा यो कुरा असम्भव नरहेको बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.