वेस्टइन्डिजविरुद्ध नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै

वेस्टइन्डिजविरुद्ध नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै

काठमाडौं :  ५ टी-२० श्रृंखलाअन्तर्गत तेस्रो खेलमा वेस्टइन्डिजविरुद्ध नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्टइन्डिज ए का कप्तान रोस्टन चेशले टल जितेर ब्याटिङ रोजेका हुन्। 

यसअघि  सम्पन्न पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई हराएको थियो भने अर्को खेलमा नेपाल पराजित भएको हो। शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेस्ट इण्डिजलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिजसँग शृंखला खेलिरहेको हो। उक्त शृंखलापछि नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ।

नेपाली टीम

लोकेश बम,विनोद भण्डारी,अनिल कुमार शाह, कुशल मल्ल,आसिफ शेख, दीपेन्द्रसिंह ऐरी,गुलशन झा,विवेक यादव,करण केसी,सागर ढकाल र कमलसिंह ऐरी ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.