पर्सामा आधुनिक कृषि बजार निर्माण हुँदै

पर्सामा आधुनिक कृषि बजार निर्माण हुँदै
सुन्नुहोस्

वीरगन्ज : पर्साको पटेर्वा सुगौली गाउँपालिका-२ गादीको रंगपुरटाँडीमा आधुनिक कृषि बजार निर्माण गर्न थालिएको छ।

किसानका उत्पादन संकलन र बिक्री वितरणका लागि रंगपुर टाँडीमा १ करोड रुपैयाँभन्दा बढीको लागतमा आधुनिक कृषि बजार निर्माण गर्न थालिएको हो। मंगलबार गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले कृषि बजार निर्माण कार्यको शिलान्यास गरेका हुन्। 

संघीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय र गाउँपालिकाको गरी कूल १ करोड ९ लाख रुपैयाँको लागतमा आधुनिक कृषि बजार निर्माण गर्न थालिएको गाउँपालिका अध्यक्ष चौधरीले बताए। उनका अनुसार आधुनिक कृषि बजारमा किसानले उत्पादन गर्ने तरकारी संकलन र बिक्री वितरणका लागि ६ वटा व्यवस्थित पक्की सेड, एउटा शौचालय र कम्पाउन्ड वाल निर्माण गरिनेछ। 

किसानका तरकारी भण्डारणका लागि कृषि बजार परिसरमै १९ लाख ५० हजार रुपैयाँको लागतमा मिनि कोल्ड स्टोर पनि निर्माण गर्न थालिएको चौधरीले जानकारी दिए। कृषि बजारको निर्माणको ठेक्का वन देवी निर्माण सेवा कम्पनीले पाएको छ। आगामी असार मसान्तभित्र कृषि बजार निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको जानकारी पनि चौधरीले दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.