ललितपुर आगलागी : थप एक जनाको मृत्यु

ललितपुर आगलागी : थप एक जनाको मृत्यु

काठमाडौं : ललितपुरको तपेश्वर सामुदायिक वनमा भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका-४ मा रहेको उक्त वनमा लागेको आगलागी निभाउने क्रममा स्थानीय रमेश पहरी र शंकर पहरीको मृत्यु भएको हो। 

प्रहरीका अनुसार उपचारका लागि कीर्तिपुर बर्न अस्पतालमा ल्याइएका शंकर पहरीको मंगलबार नै मृत्यु भएको हो भने रमेस पहरीको बुधबार विहान मृत्यु भएको हो। 
स्थानीय युवाहरू आगलागीमा परेर मृत्यु भएपछि स्थानीयहरूले विरोध जनाएका छन्। स्थानीय अभिराज आर्चायले अर्वौंको ग्यास बालेर जोगाएको वन डढ्यो, स्थानीय युवा र जीवजन्तु र बनस्पती स्वाहा भएको भन्दै सरकारसँग गुहार मागेका छन्। धुवा खरानी र आगोको मुस्लोले ४ दिनदेखि गोदावरी ढाकिएको भन्दै सरकारको ध्यानआर्कषण गरेका छन्। 

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले स्थानीय सरकारले आगलागी निभाउने प्रयत्न गर्दा पनि नसकेको बताए। उनी भन्छन्, 'एकैपटक ८-९ वटा वडामा आगो लागेकाले सबैतिर निभाउन सकेनौं। सुरक्षाकर्मी र स्थानीयले डढेलो निभाउने प्रयत्न गर्दा घटना घट्न पुग्यो।' उक्त स्थानमा तपेश्वर मन्दिर रहेको र स्थानीयहरू उक्त मन्दिर जोगाउन भन्दै आगलागी भएको जंगलमा पस्दा घटना घटेको मेयर मर्हजनले बताए। घटनामा ज्यान गुमाउने परिवारप्रति सान्त्वनास्वरुप नगरपालिकाले ५-५ लाखका दरले राहत प्रदान गर्ने निर्णय गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.