आगलागी हुन नदिन सचेत रहौं

आगलागी हुन नदिन सचेत रहौं
फाइल तस्बिर।
सुन्नुहोस्

अहिलेसम्म गुल्मीका ६५ वटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन। इस्मा, छत्रकोट, मदाने, धुर्कोट गाउँपालिकासहित मुसीकोट र रेसुंगा नगरपालिकामा आगलागीका घटनाहरू धेरै भएका छन्। जिल्लाका १२ वटै स्थानीय तहमा थोरै धेरै आगलागीका घटना भइरहेका छन्। 

करिब १ सयभन्दा बढी गाईभैंसीलगायतका पशुचौपायाहरू आगोमा परेर मरेका छन्। सुक्खा मौसम र बढ्दो हावाहुरीका कारण आगो नियन्त्रणमा लिन धेरै चुनौती देखिएको छ। जिल्लाभरि एउटा मात्र दमकल सदरमुकाम तम्घासस्थित रेसुंगा नगरपालिकामा छ। आगलागीको अवस्था र जोखिमको पहिचान गरेर दमकल पठाउने गर्छौं। घर पूर्णरूपमा जलेर नष्ट भएकाहरूलाई संघीय सरकारको विपद् व्यवस्थापन कोषबाट प्राप्त हुने प्रतिघरपरिवार २० हजारका दरले राहत उपलव्ध गराइएको छ। 

आगलागी आफैं लाग्ने होइन। कोही न कोही मानिसले लगाउने हो। त्यसकारण आगलागी हुन नदिन सबै नागरिक सचेत हुनु जरुरी छ। जिल्लामा रहेका सुरक्षाकर्मी, स्थानीयवासी, जनप्रतिनिधिलगायतको सहभागितामा आगो नियन्त्रण गर्दै आएका छौं। 

आगो लगाएको आरोपमा अहिलेसम्म दुई जना मानिसलाई नियन्त्रणमा लिइएको छ। तर, मुख्य समस्या भनेको आगो कसले लगायो भन्ने कुराको सूचना नै दिँदैनन्। जंगलमा लागेको आगो फैलिएर बस्तीमा पुगेको छ। नागरिकहरू सचेत हुने, पानीका मुहान संरक्षण गर्ने, सुक्खा मौसममा झरेका रूखका पातहरू सोर्ने जस्ता विषयमा ख्याल गरियो भने आगलागीबाट जोगिन सकिन्छ। 

(शर्मा गुल्मीका प्रमुख जिल्ला अधिकारी हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.