वेष्ट इण्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो सफलता

वेष्ट इण्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौं : वेष्ट इण्डिज ‘ए’ विरुद्ध टी-२० श्रृंखलाको चौथो खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर बलिङ गरेको नेपालका लागि कुशल भुर्तेलले विकेट लिएका हुन्।

९ ओभरमा भुर्तेलको बलमा जोनसन चार्ल्सलाई दीपेन्द्र सिंह ऐरीले क्याच आउट गराएका हुन्।  चार्ल्सले ३० बलमा ५८ रनको योगदान गरे।

त्यस अगाडि प्रतिश जिसीले दोस्रो ओभरको पहिलो बलमा  विकेट लिएकाथिए। वेष्ट इण्डिज ‘ए’का उपकप्तान एलिक अथान्जे जिसीको बलमा सन्दीप जोराले क्याच आउट गराएका हुन्। अथान्जे ७ बलमा ५ रन बनाएर बाहिरिए।

वेष्ट इण्डिज ‘ए’ले १० ओभरको समाप्तिमा २ विकेटको क्षतिमा १०१ रन बनाएर खेलिरहेको छ। वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका हुन्। 

यसअघि सम्पन्न तीनवटा खेलमा नेपालले एउटा र वेस्ट इन्डिजले दुईवटा खेलमा विजयी भएको छ। पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि त्यसपछिका खेलमा नेपाल १० रन र ७६ रनले पराजित भएको हो।

सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नुपर्ने दबाब छ। नेपालले अर्को महिना हुने आईसीसी टी-२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणासमेत गरिसकेको छ।  आगामी जुन २ बाट सुरु हुने आईसीसी टीट्वेन्टी विश्वकपको तयारीका लागि नेपालले वेष्ट इण्डिजसँग शृंखला खेलेको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.