मुस्ताङमा निर्माणाधीन घमी र छुसाङ पुल अलपत्र

मुस्ताङमा निर्माणाधीन घमी र छुसाङ पुल अलपत्र
सुन्नुहोस्

जोमसोम : राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला)सडक आयोजनाअन्तर्गत निर्माणाधीन मुस्ताङखण्डको २ वटा पुल लामोसमयदेखि अलपत्र परेको छ। 

आयोजना अन्तर्गत मुस्ताङको छुसाङ र घमी खोलामा निर्माणाधीन पक्की मोटरेबल पुल निर्माण कम्पनीको ढिलासुस्ती र चरम बेवास्ताका कारण एक वर्षदेखि अलपत्र  परेको हो।

मुस्ताङको मार्फा, छुसाङ र घमी खोला पुल निर्माणको जिम्मा एउटै निर्माण कम्पनी हिमढुङ ठोक्कर ईमोटल जेभी कन्स्ट्रक्सनले जिम्मा लिएको थियो। पुलमध्ये मार्फा खोला पुल आंशिक रुपमा काम भइरहेको छ। 

राष्ट्रिय राजमार्ग सडकलाई जोड्ने गौरवको सडक अन्तर्गतका ३ वटै पुलको म्याद पटक/पटक थपिँदै आएको छ। लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले कोरलानाका जोड्ने घमी खोला पुल निर्माण कम्पनीको चरम ढिलासुस्तीले एक वर्षदेखि पुल निर्माणको काम रोकिएको जानकारी दिए। 

‘एक वर्षदेखि घमी खोलामा पुल बनाउने काम ठप्पै छ, छिटो पुल बनेको भए सबैलाई आवतजावतमा सहज हुन्थ्यो,’ अध्यक्ष बिष्टले भने, काम गर्ने ठेकेदार पनि बेपत्ता छन्, अहिलेसम्म पुल बनिसक्नु पर्नेमा तर, पुलको काम अघि बढ्नै सकेको छैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.