यौनका कुरा स्कुलदेखि नै सिकाउनुपर्छ : करुणा कुँवर

यौनका कुरा स्कुलदेखि नै सिकाउनुपर्छ : करुणा कुँवर

यौनप्रति युवाको धारणा कसरी निर्माण भएको छ ?

पछिल्लो १० वर्षमा प्रविधिको विकास द्रुत गतिमा भयो । प्रविधिले दिने शिक्षा माथिल्लो तहसम्म पुग्यो भने समाजबाट आउने शिक्षा तल्लोस्तरमै रह्यो । अहिले इन्टरनेटमा सबैथोक हेर्न मिल्छ, तर समाजमा सेक्सबारे बोल्न लाज हुन्छ । यसरी यौनको कुरा गर्दा युवाले जसरी प्राकृतिक र स्वस्थ रूपमा बुझ्दै जानुपर्ने हो, त्यो हुन सकेन । एक्सप्लोर गर्ने नाममा उनीहरू पोर्न साइटमा पुग्न थाले । इन्टरनेटमा उपलब्ध असल कुरा के, कसो हो भनेर जान्नुभन्दा पहिले नै गलत अभ्यास भइसक्छ ।

अहिलेको पुस्ताले सेक्सलाई कुन रूपमा बुझ्छ ?

आधुनिक समाजले यौनप्रति अलि खुला हुन माग गरिरहेको छ, तर केहीले यसलाई पापसँग जोडेर पनि हेर्छन् । अर्काेतिर सामाजिक, सांस्कृतिक र अहिलेको आधुनिक कुरालाई सँगै जोडेर लगियो भने नेपालजस्तो देशमा मान्छेलाई अप्ठ्यारो पर्ने रहेछ । युवा दोधारमा छन् ।

सेक्सलाई कसरी लिनुपर्छ ?

सेक्स नितान्त आत्मासँग जोडिएको कुरा हो । एक किसिमको सम्मान र आत्मीयता भएको व्यक्तिसँग हुनुपर्छ । मन परेको मान्छेसँग जतिबेलासम्म मन मिल्छ, त्यसबेलासम्म स्वस्थ यौनसम्बन्ध राख्न सकिन्छ । यसो हुनसके आनन्ददायक पनि हुन्छ । सेक्स जोसँग पनि हुन सक्छ भनेर दिनैपिच्छे फरक मान्छेसँग सम्बन्ध राख्नु भनेको यौनप्रतिको सम्मान हैन । सेक्सलाई सम्मान नगर्दा मान्छेलाई पनि सम्मान हुँदैन । यसले विभिन्न अप्ठ्याराहरू समेत ल्याउन सक्छ । स्वस्थ यौनले सम्बन्धलाई प्रगाढ गर्न पनि सहयोग पु¥याउँछ । त्यसैले सेक्सलाई आनन्दको रूपमा मात्र नहेरौँ ।

समाजले यौनलाई कसरी हेर्नुपर्छ ?

पहिले समाजले यौनलाई चरित्रसँग जोडेर हेरेको थियो । यो लज्जास्पद कुरा हो भनिन्थ्यो । अब पाठ्यक्रममा पनि यो विषय राख्नुपर्छ । अब स्वस्थ यौन शिक्षाबारे कुरा गर्नुपर्छ । सानैदेखि यसलाई सामान्य रूपमा बुझ्न सक्ने बनाइनुपर्छ । जस्तो : अहिले पाठ्यक्रममा यस्ता विषय समावेश नहुँदा अचानक किशोर किशोरीले यस विषयमा कुरा उठाएमा खराब कुरा गर्‍यो भन्ने सोचिन्छ । यदि यौनबारे लुकाइयो भने त्यसले झनै असर गर्छ । त्यसैले, यौन/यौनिकताकाबारे स्कुल तहदेखि नै पढाइनुपर्छ । प्रस्तुति: किरण दाहाल 

यो पनि पढ्नुहोस्

सेक्सप्रति उदार हुँंदै नेपाली समाज

कृषिविद् मदन राईसँग सेक्सका कुरा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.