बाबुराम छोडेर रामचन्द्र झा प्रचण्ड माओवादीमा !

बाबुराम छोडेर रामचन्द्र झा प्रचण्ड माओवादीमा !

काठमाडौं : नयाँ शक्ति, नेपालका नेताहरु रामचन्द्र झा र रामकुमार शर्माले आफूहरु माओवादी केन्द्रमै क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार दिउँसो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा भएको छलफलपछि झा र शर्माले आफूहरु सम्पूर्ण रुपले माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका हुन्।

छलफलमा नेता मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा र श्रवण यादवले मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकताबद्ध भएर अघि बढ्ने समेत संकल्प गरेका छन्।

छलफलमा अध्यक्ष प्रचण्ड, पार्टी हेडक्र्वाटर सदस्य एवं गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेतृ उर्मीला अर्याल पनि सहभागी थिए । छलफलपछि नेता झा र शर्माले मधेसमा माओवादी केन्द्रलाई शक्तिशाली बनाउन आफूहरु सम्पूर्ण रुपले समर्पित रहने संकल्प गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.