MENU

विदुर नगरमा तेश्रो पटक एमाले विजयी

देवचन्द्र भट्ट शुक्रवार, जेठ ५, २०७४ 13599 पटक पढिएको

Share This

जनताको साथ लिन्छुः मेयर पण्डित, महिला अधिकारलाई प्राथमिकता दिन्छुः उपमेयर अर्याल

नुवाकोट : नुवाकोटको ३० वर्ष पुरानो विदुर नगरपालिकामा पुनः पटक नेकपा एमाले विजयी हुन सफल भएको छ । यसअघिको २०४९ र २०५४ सालको स्थानीय तहको दुइपवटै निर्वाचनमा विजय हासिल गरेको नेकपा एमालेले पुनः तेश्रो पटक मेयर, उपमेयरसहित अधिकांश पदमा आफ्ना उम्मेदवारहरुलाई विजयी वनाउन सफल भएर शाख कायम गरेको छ । शुक्रवार विदुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न मतगणना अनुसार नेकपा एमालेका मेयरमा उम्मेदवार सन्जु पण्डितले ९ हजार ७ सय १६ मत ल्याएर विजयी हुनु भएको छ । उहाका निकटतम् प्रतिद्धन्द्धी नेपाली कांग्रेसका ध्रुवप्रसाद अधिकारीले ८ हजार ७ सय ४२ मत ल्याउनु भएको छ ।

तीन दशकदेखि नै एमालेको गढको रुपमा रहेको विदुर नगरमा तेश्रो पटक पनि उपमेयरमा पनि नेकपा एमाले नै विजयी हुन सफल भएको छ । उपमेयरमा नेकपा एमालेकी उम्मेदवार गीता दाहालअर्यालले ९ हजार १ सय २४ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी गीता अमात्यले ९ हजार १ सय २ मत ल्याउनु भएको छ । मेयरमा ९ सय ७४ मत अन्तर र उपमेयरमा २२ मतको अन्तरले एमाले विजयी हुन सफल भएका हो ।

मेयर, उपमेरसहित वहुमत पदमा विजय हासिल गरेको नेकपा एमालेले नुवाकोटको विदुरमा मध्यान्ह विजय यात्रा गरेको छ । निर्वाचित मेयर सन्जु पण्डित, उपमेयर गीता अर्यालदाहाललगायत सात जना वडाध्यक्ष तथा सदस्यहरु सम्मिलित हजौंको जुलुशले विदुर, वट्टार, पिपलटार, देवीघाट, त्रिशूलीलगायत विभिन्न वजारहरु परिक्रमा गरेको छ । १३ वटा वडा रहेको विदुर नगरपालिकामा नेकपा एमालेले ७ वडा अध्यक्षमा विजय हासिल गर्न सफल भएको छ भने ६ वटामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ ।

विदुर नगरपालिकामा वडा नं. १ एमालेका लेलिन रन्जित, वडा नं २ मा नेपाली कांग्रेसका विरेन्द्रकुमार शाही, वडा नं. ३ नेपाली कांग्रेसका बद्री रिमाल, वडा नं. ४ मा नेकपा एमालेका टलकमान श्रेष्ठ, वडा नं. ५ मा एमालेकै शिवकुमार चित्रकार विजयी भएका छन् । वडा नं. ६ एमालेका राजु सडौला, वडा नं. ७ नेपाली कांग्रेसका महेन्द्र तामाङ, वडा नं. ८ नेपाली कांग्रेसका फैसिंङ तामाङ, वडा नं. ९ एमालेका सन्नी चित्रकार, वडा नं. १० मा नेपाली कांग्रेसका गणेशकुमार नेपाल, वडा नं. ११ मा एमालेका तोयानाथ तिमिल्सिना र एमालेका बडा नम्वर १२ म सिताराम रिमाल वडा नं. १३ मा नेपाली कांग्रेसका दलबहादुर तामाङ विजयी हुनु भएको छ ।
३४ हजार तीनसय ३१ म्तदाता रहेको नुवाकोटको विदुर नगरमा वैशाख ३१ ग्ते आइतवार मतदान हुंदा २५ हजार ६ सय ५० मत खसेको थियो । दुई सय ८५ मत वदर भएको थियो ।

जनसहभागितामा काम गर्छुः मेयर पण्डित

विदुर नगरको मेयरमा विजयपछि विदुर नगरपालिका वडा नं. ९ लामाटारका ४५ वर्षिय युवा सन्जु पण्डितले आफुले सदैव जनतालाई शिरमा राखेर नुवाकोटको तीन दशक पुरानो नगरलाई आर्थिक, सामाजिक, शैक्षिक, उद्योग कलकारखाना, स्थानीय श्रोतर साधनको सदुपयोग गरी युवा सहभागितामुलक कार्यलाई महत्व दिने वताउनुभयो । उहाले विकास र सम्वृद्धिको स्तरमा पछाडि परेको विदुर नगरमा १४ वर्षदेखि नगर पैतिनिधि नभएको जनताको पीडा समाधानका लागि सधै जनसहभागितामुलक कार्यमा अगाडि वढेने प्रण गर्नुभयो ।

महिला अधिकारका पक्षमा अभियान चलाउंछुः उपमेयर अर्याल

नुवाकोटको विदुर नगरमा पहिलो पटक महिलाको प्रतिनिधित्व गर्दै उपमेयरमा नेकपा एमालेको तर्फवाट विजयी विदुर नगरपालिका वडा नं. ६ चैनपुरकी ३७ वर्षिया गीता दाहाल अर्यालले आफुले महिला अधिकार र समानताका पक्षमा कार्य गर्ने वताउनुभयो । उहांले समग्र विदुर नगरको विकास तथा सनुन्नतीका लागि जनसहभागितामुलक कार्य गर्ने वताउनुभयो । उपमेयर अर्यालले महिला तथा युवा सहभागितावाट नुवाकोटको सदरमुकाम क्षेत्र समेटिएको विदुरको आगामी पांच वर्षभित्रमा मुहार फेर्ने प्रतिवद्धता जनाउनुभयो । उहांले महिला उत्थान, जागरणका लागि आफुले सदैव क्रियाशील रहनेसमेत वताउनुभयो ।

सुर्यगढी शिवपुरीसहित सातमा कांग्रेस, एमाले र माओवादी एक/एक

नुवाकोटको शिवपुरी र सुर्यगढी गाउपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित ६ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुन सफल भएका छन् ।  शुक्रवार सम्पन्न मतगणना अनुसार अध्यक्षमा नेपाली कांग्रेसका रामकृष्ण थापाले ३ हजार ८ सय १८ मत ल्याएर विजयी हुनु भएको हो । उहाका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेमा पदम उप्रेतीले ३ हजार ५ सय ३२ मत ल्याउनु भयो ।

गाउपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका मन्जु केसीले ३ हजार ६ सय ७६ मत ल्याएर विजयी हुनु भएको । उहाका नजिकका प्रतिद्धन्द्धी नेकपा एमालेमा मंगलमाया प्रजापतिले ३ हजार ५ सय ७३ मत ल्याउनु भएको छ । शिवपुरीमा ८ वटा वडा रहेकोमा ६ वटाको वडा अध्यक्षमा नेपाली कांग्रेस र २ वटामा नेकपा एमाले विजयी हुन सफल भएको छ । वडा नं. १ मा नेपाली कांग्रेसका महेन्द्रराज खत्री, वडा नं. २ मा नेपाली कांग्रेसका रुद्रबहादुर गुरुङ, वडा नं. ३ मा कांग्रेसकै रामहरि थापा, वडा नं. ४ मा कांग्रेसकै झमकराज गुरुङ, वडा नं. ५ नेकपा एमालेमा सीताराम थापा, वडा नं ६ मा कांग्रेसका लालबहादुर तामाङ, वडा नंं ७ मा कांग्रेसका माधवप्रसाद भेटवाल र वडा नं. ८ मा नेकपा एमालेमा पदमबहादुर थपलिया वडाअध्यक्षमा निर्वाचन हुनु भएको छ ।

सुर्यगढी गाउंपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सन्तवहादुर तामाङ र उपाध्यक्षमा कांग्रेसकै मन्जु वुढाथोकी ढकाल विजयी हुनुभएको छ । अध्यक्षतामा विजयी तामाङले तीनहजार दुई सय र उहांका निकटतम नेकपा एमालेका विन्दा ढुंगानाले दुई हजार तीनसय ८५ मत ल्याउनुभयो । उपाध्यक्षमा विजयी कांग्रेसका मन्जु वुढाथोकी ढकालले तीनहजार ३२ र उहांका निकटतम एमालेका घकुमार लामाले दुई हजार तीनसय ७० मत प्राप्त भयो । यसंगै १० गाउंपालिका रहेको नुवाकोटमा किस्पाङ, तादी, दुप्चेश्वर, लिखु, मेघाङ, सुर्यगढी र शिवपुरी गाउंपालिकामा विजय हासिल गरेको छ ।

तारकेश्वरमा नेकपा एमाले र ककनीमा नेकपा माओवादी केन्द्र विजय हासिल गरेको छ । वेलकोटगढी नगरपालिका र पन्चकन्या गापामा मतगणना जारी रहेको छ ।

ककनीमा माओवादी केन्द्र

नुवाकोटमा नेकपा माओवादी केन्द्रले पनि गाउपालिकामा विजयी हुन सफल भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले विजयी गरिरहेको नुवाकोटमा नेकपा माओवादी केन्द्रको विजय यात्रा आरम्भ भएको छ ।  नुवाकोटको ककनी गाउपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी हुन सफल भएको छ । शुक्रवार सम्पन्न मतगणना अनुसार ककनी गाउपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्षमा उम्मेदवार मानबहादुर लामाले ४ हजार ५ सय ३४ मत ल्याएर विजयी हुनु भएको छ ।

उहाका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिपेश लामाले ३ हजार ५ सय ९१ मत ल्याउनु भएको छ । उपाध्यक्षमा नेकपा माओवादी केन्दंकै सीता लामाले ४ हजार १ सय ३३ मत ल्याएर विजयी हुनु भएको छ ।  उहाका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका लजिता लामाले ३ हजार ६ सय ९७ मत ल्याउनु भएको छ । ककनीमा ८ वटा वडा रहेकोमा ४ वटाको वडाअध्यक्षमा नेकपा माओवादी केन्द्र, ३ वटामा नेकपा एमाले र एक वटामा नेपाली कांग्रेस विजयी हुन सफल भएको छ ।

ककनी -१ मा नेकपा एमालेका चन्द्रबहादुर श्रेष्ठ बलामी, वडा नं. २ मा नेकपा माओवादी केन्द्रका केदार पौडेल, वडा नं. ३ मा नेकपा माओवादी केन्द्रका घननाथ बजगाई, वडा नं. ४ मा नेकपा माओवादी केन्दका दीपेश तामाङ, वडा नं. ५ मा माओवादी केन्द्रका रामबहादुर लामा, वडा नं. ६ मा नेपाली कांग्रेससका गोपाल लामा, वडा नं. ७ मा नेकपा एमालेमा पुष्कर बोगटी र वडा नंं ८ मा नेकपा एमालेका शेषमान लामा वडा अध्यक्षमा विजयी हुनु भएको ककनी गाउपालिकाका कार्यकारी अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

रसुवामा कांग्रेस र एमाले दुई/दुई, नया शक्ति एक

हिमाली रसुवाको पाँच वटै गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । बुधबार सार्वजनिक मत परिणाम अनुसार गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस र नेकपा एमालेले दुई दुई तथा नयाँ शक्ति पार्टी नेपालले एउटामा विजयी हासिल गरेको छ । उपप्रमुखमा भने पाँच वटै गाउँपालिकामा एमाले विजयी भएको छ । नेकपा माओवादी केन्द्र भने वडाध्यक्षमा नै खुम्चिएको छ । केन्द्रले कालिका गाउँपालिका १ र ३ मा जितेको छ । वडा अध्यक्षमा एमालेले १२, कांग्रेसले ७, नयाँ शक्तिले ५ र माओवादी केन्द्रले ३ वडामा जित हासिल गरेको छ । कालिका गाउपालिकाका सम्पुर्ण पदाधिकारीको पद तथा गोपनियताको सपथग्रहण कालिकास्थानमा गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

थप सामग्री

Annapurna635x90_1