MENU

मकवानपुरको मनहरीमा एमाले विजयी

शुक्रवार, जेठ ५, २०७४ 176 पटक पढिएको

Share This

हेटौँडा: मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ।

एमालेका एकराज उप्रेतीले चार हजार ६४० मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शङ्कर न्यौपानेले चार हजार ३४९ मत प्राप्त गरेका थिए।

उपाध्यक्षमा एमालेकी मनिला विष्टले चार हजार ६२१ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कमला कार्कीले चार हजार १९७ मत प्राप्त गरेकी थिइन्।

कुल १३ हजार ९७० मत खसेको मनहरीमा चार वडामा एमाले र दुई÷दुई वडामा नेकपा (माओवादी केन्द्र) र काँग्रेसले विजय प्राप्त गरेका छन्।

वडा नम्बर-९ मा भने स्वतन्त्र उम्मेदवार साधुराम अधिकारी विजयी हुनुभएको छ । १० वटा स्थानीय तहमध्ये नौ वटाको मतगणना सकिएको छ। रासस

प्रतिकृया दिनुहोस

थप सामग्री

Annapurna Post1140X100