Annapurna Post Logo
Dish Home
    • दसैं आयो
    • काठमाडौंको चोभारमा सोमबार चंगा उडाउँदै बालक। चंगाले दसैं आएको संकेत गर्छ। 

     (तस्बीर: विकास कार्की)

  •  (तस्बीर: उमा विष्‍ट)

प्रमुख समाचार
सर्वपक्षीय सभा गर्न दलहरु सहमत

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरकारमा सहभागी दल, प्रतिपक्षी र नेकपा माओवादीका शीर्ष नेताको बैठक। (तस्बीर: अन्‍नपूर्ण)
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरकारमा सहभागी दल, प्रतिपक्षी र नेकपा माओवादीका शीर्ष नेताको बैठक। (तस्बीर: अन्‍नपूर्ण)

नेकपा-माओवादीले माग गर्दै आएको सर्वपक्षीय सम्मेलन गर्न प्रमुख दलहरू सकारात्मक भए पनि त्यसको राजनीतिक हैसियतमा विवाद देखिएको छ। संविधानका अन्तरवस्तुमा सहमति जुटाउने उद्देश्यले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरकारमा सहभागी दल, प्रमुख प्रतिपक्षी दल र नेकपा-माओवादीका शीर्ष नेता सम्मिलित बैठकले सर्वपक्षीय सम्मेलन गर्न सकिने निष्कर्ष निकालेको हो।

कांग्रेस र एमालेले संविधानका विवादित विषयमा परामर्श गर्ने उद्देश्यले सर्वपक्षीय सम्मेलन गर्ने धारणा व्यक्त गरेका छन् भने नेकपा-माओवादी र एमाओवादीले त्यस्तो सम्मेलनबाट विवादित विषयमा निर्णय गरिनुपर्ने बताएका छन्।

ग्ल्यामर क्लिक्स्
फोटो :
बाल स्वास्थ्यमा लापरबाही: 'खोपपछि बालकको मृत्‍यु'

फाइलफोटो

'बच्चा स्वस्थ थियो, जन्माएको पनि प्रसूतिगृहमै हो, चिकित्सककै सल्लाहमा खोप लगाउन पनि त्यहीं गएँ तर ममाथि बज्रपात पर्‍यो', काभ्रे पोखरीचौरी-३ की विमला गजमेरले रुँदै भनिन्, 'त्यति राम्रो छोरा आज मेरो साथमा छैन, जानीजानी मारियो मेरो बाबुलाई।'

धर्म निरपेक्ष संविधान आए मै पहिले जलाउँछु : खुमबहादुर

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले दोस्रो संविधान सभाले बनाउने नयाँ संविधानमा 'धर्म निरपेक्ष राष्ट्र नेपाल' लेखिए संविधान जलाउने व्यक्ति आफू पहिलो हुने बताएका छन्।सनातन हिन्दु राष्ट्र नेपाल नागरिक संघर्ष समिति ओमकार परिवार नेपालले मंगलबार राजधानीमा आयोजना गरेको 'सनातन हिन्दु राष्ट्र नेपाल कायम गरौं' विषयक अन्तक्र्रियामा पूर्वमन्त्री खड्काले यस्तो अभिव्यक्ति दिएका हुन्।

अभावले होइन खान नजानेर कुपोषण

एक वर्षका छोरालाई कोदोको ढिँडो खुवाउँदै हटियाकी एक महिला। तस्बिर:अन्‍नपूर्ण

जिल्लाका दुर्गम गाउँमा खान नपाएरभन्दा पनि खान नजानेर अधिकांश बालबालिकामा कुपोषण हुने गरेको पाइएको छ। कुन उमेरका बालबालिकालाई के खुवाउने र के नखुवाउने भन्ने ज्ञान अभिभावकमा नहुँदा बालबालिका कुपोषणबाट पीडित भएका हुन्।

मुद्दा मिलाइदिन्छु भन्दै घुस लिने समूह रेस्टुरेन्टबाट पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका क्रममा रहेको मुद्दा मिलाइदिन्छु र कारबाहीबाट बचाइदिन्छु भन्दै रकम उठाउने गिरोह राजधानीमा क्रियाशील रहेको पाइएको छ। दैनिकजसो विभिन्न सञ्चारमाध्यममा आएका समाचारका आधारमा उजुरी परेका व्यक्ति तथा सङ्घसंस्थामा पुगी आफूहरू आयोगको मान्छे रहेको भन्दै ठगी गर्ने गिरोह मगंलबार पक्राउ परेपछि सो खुलासा भएको हो ।

भदौं २१ सम्म सहमति नभए मतदानमा : अध्यक्ष नेम्वाङ

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले भदौ २१ गतेसम्म संविधान निर्माणका विवादित विषय तथा अन्तरबस्तुमा सहमति भएन भने प्रक्रियामा जानुको विकल्प नरहेको बताएका छन्। मंगलबार नेम्वाङले संचारकर्मीसँग भने, 'भदौं २१ गतेसम्म सहमतिका लागि समय छ । त्यसपछि प्रक्रियामा जानुपर्छ। अर्को विकल्प छैन।

इबोला भाइरस ३० मिनेटमै पत्ता लाग्‍ने

जापानी शोधकर्ताले ३० मिनेटमा इबोला संक्रमणको पत्ता लाग्ने प्रविधिको विकास गरिएको दाबी गरेका छन्। यो प्रविधिले डाक्टरको जाँचमा सहयोग गर्ने बताइएको छ। नागासाकी युनिभर्सिटीका प्रोफेसर जिरो यसुडा र उनको टोलीले पश्चिम अफ्रिकी देशमा प्रयोग भइरहेको प्रविधिभन्दा आफ्नो प्रविधि सस्तो भएको बताएका छन्। 

सोमालियामा अमेरिकी हवाई आक्रमण

अमेरिकी सैनिकले हालैका दिनमा सोमालियामा विश्व आतङ्ककारी सञ्जाल अल कायदाका सदस्यको प्रभाव बढिरहेको भन्दै मङ्गलबार हवाई हमला गरेको जनाइएको छ । सोमिलिया सरकारले सो समाचारको पुष्टि गरेको छ । तर त्यसमा के कति मानवीय क्षति पुगेको छ भन्ने बारेमा भने केही बताएको छैन ।

राज्य निर्देशक सिद्धान्तमा सहमति

संवैधानिक, राजनीतिक, सम्वाद तथा सहमति समितिको मंगलबारको बैठकमा राज्य निर्देशक सिद्धान्तमा सहमति भएको छ।डा.बाबुराम भट्टराईको अध्यक्षतामा मंगलबारको बैठकमा बसेको बैठकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्ने राज्यको उद्देश्य हुने छ भन्ने राज्य निर्देशक सिद्धान्तमा सहमति भएको हो। 

वैद्यसँगको छलफल सकारात्मक, निर्णायक वार्ता बिहीबार

प्रधानमन्त्री निवासमा बालुवाटारमा मुख्य तीन दल र संविधानसभा बाहिर रहेको नेकपा -माओवादीको नेतृत्वबीच मंगलबार सकारात्मक छलफल भएको छ। नेकपा माओवादीले उठाउँदै आएको सर्वपक्षीय राजनीतिक सम्मेलन तथा गोलमेच सम्मेलनको मागमा तीन दलले सकारात्मक प्रतिक्रिया जनाएका छन्।

सम्पादकीय
राहतमा उदासीनता
फोटो फिचर
फोटो पत्रकार : उमा विष्ट
विचार
कार्टून
अन्तर्वार्ता
'फुटबलसँगै अन्य खेलमा पनि लगानी गर्न सकिन्छ'

विशेष
 

© २०१३ नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालिद्बारा प्रकाशित तथा मन्त्र नेटवर्क प्रा.लि.द्बारा न्युजस्कुपमा विकसित एवं भण्डारण
कार्यालय : कर्पोरेट टावर, तीनकुने, काठमाडौं | पोष्ट बक्स नं २४९९९ | फोन ४४८२३०५/४४८२२०७/४४६९७५८ | इमेल: annapurna@annapost.com | द.नं. १३५/०५८/०५९, म.क्षे.हु.नि.द.नं. ०६९\०७०