MENU

नेपालका लागि भाइबरको आधिकारिक साझेदार हाम्रो पात्रो

635x90_1

अन्नपूर्ण शुक्रवार, कात्तिक २६, २०७३ 3286 पटक पढिएको

Share This

Annapurna-635-pix-85pix_2

काठमाडौंः नेपालमा भाइबरको आधिकारिक प्राविधिक साझेदारमा हाम्रो पात्रोलाई तोकिएको छ । अब ‘हाम्रो पात्रो'भाइबरको पब्लिक अकाउन्टमासमेत उपलब्ध हुने भएको हो । भर्खरै मात्र भाइबरले ले पब्लिक अकाउन्ट सम्बन्धि सुविधा सार्वजनिक गरेको थियो ।

भाइबरबाट कुनैपनि ब्रान्ड अथवा उत्पादकलाई फलो गरेर दोहोरो संवाद गर्न सक्नेछन् । यस प्रविधिमार्फत ’हाम्रो पात्रो'सँग जोडिनका लागि भाइबरमा गएर ‘हाम्रो पात्रो'सर्च गरी फलो गर्न सकिने कम्पनीले जनाएको छ ।

हाम्रो पात्रोमार्फत प्रयोगकर्ताले आवश्यक समाचार, तिथी–मिती, लोड सेडिङ तालिका, राशिफल, मौसम, विदेशी विनिमय दर, सुन–चाँदीको दरभाउ, दैनिक जनमत जस्ता सूचना प्राप्त गर्न सक्नेछन् । साथै विभिन्न समय सन्दर्भका नागरिक मत तथा सर्वेक्षणमासमेत प्रयेगकर्ता सहभागी बन्न सक्नेछन् ।

कुनै पनि ब्रान्ड अथवा उत्पादक भाईबरमा उपलब्ध आफ्ना फलोअर समक्ष सहजै जोडिनका लागि हाम्रो पात्रोले ‘हाम्रोच्याटबुट'पनि सञ्चालनमा ल्याएको छ । यसमार्फत प्रयोगकर्ताले आफ्नो ब्रान्ड र उत्पादनका बारेमा नोटिफिकेसन पठाउन, च्याट गर्न, भोटिङ तथा सर्वेक्षण गर्न, समाचार सम्प्रेषण र युटुवका भिडियो प्रसार गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1