MENU

आफ्नो इन्टरनेट स्पिड कति छ ? थाहा पाउन यसो गर्नुहोस्

635x90_1

रविन्द्र लम्साल शुक्रवार, मंसिर १७, २०७३ 62361 पटक पढिएको

Share This

635-X-85

मेरा एक मित्रले, एक इन्टरनेट सेवा प्रदायकसँग '१६ मेगा बिट पर सेकेन्ड'को फाइबर इन्टरनेट जोडेका रहेछन् । प्राविधिक रूपमा भन्नुपर्दा उनले डाउनलोड स्पिड '२ मेगा बाईट पर सेकेन्ड' पाउनुपर्ने हो । तर स्पिड चेक गर्दा '१.२८ मेगा बाइट पर सेकेन्ड'भन्दा माथि गएन । उनले पाउनुपर्ने स्पिडभन्दा '०.७२ मेगा बाइट पर सेकेन्ड' झन्डै ३६ प्रतिशत ब्यान्डविथ कम आइरहेको छ ।

'१.२८ मेगा बाइट पर सेकेन्ड' भनेको धेरै राम्रो इन्टरनेट कनेक्सन हो । अनलाईन भिडियो हेर्न, गीत सुन्न, सामाजिक सञ्जालमा भुल्न, टेक्स्ट मेसेज र भिडियो च्याट गर्न सजिलै पुग्छ । तर, हामीले जति इन्टरनेट स्पिडका लागि शुल्क तिरेका छौं, त्यति पाउनुपर्ने होइन र ?

म यसमा इन्टरनेट सेवा प्रदायकभन्दा पनि मेरै मित्रको कमजोरी देख्छु । आफूले कति स्पिड पाउनुपर्ने हो र कति पाइरहेको छु भन्ने जानकारी हामीले राख्नुपर्छ । तर, इन्टरनेट सेवा प्रदायक कम्पनीले हामीलाई तोकेकै जति इन्टरनेट स्पिड दिएको छ/छैन भनेर जान्न खोज्ने हामी साह्रै थोरै छौं । एक एमबीपीएसदेखि ५० एमबीपीएसम्मका लिमिटेड तथा अनलिमिटेड डेटा प्याकहरू बजारमा उपलब्ध छन् । फाइबर इन्टरनेटमा डेटा लस साह्रै थोरै मात्रामा देखिन्छ, त्यसकारण आफूले सस्क्राइब गरेको प्याकेजमा पाइने स्पिड धेरै तल माथि हुँदैन ।

स्पिड जान्ने कसरी ?

इन्टरनेट स्पिड जान्न धेरै गाह्रो छैन । लाइन कनेक्सन वा वाइफाईदेखि कुनै पनि नेटवर्कमा कनेक्ट भएपछि त्यस नेटवर्कको स्पिड सजिलै थाहा पाउन सकिन्छ । इन्टरनेट स्पिड जाँच्ने थुप्रै मोबाइल एप्स, वेब एप्स, डेक्स्टपएप्स डेभलप भइसकेका छन् । तीमध्य 'स्पिडटेस्ट डट नेट' र भर्खरै केही महिनाअगाडि अनलाइन भिडियो स्ट्रिमिङ सेवा प्रदायक कम्पनी नेटफ्लिक्सद्वारा डेभलप गरिएको 'फास्ट डट कम' सजिलो र भरपर्दो वेब एपमध्ये मानिन्छन् ।

'स्पिडटेस्ट डट नेट' एन्ड्रोइड र आईओएस दुवै मोवाइल अपरेटिङ सिस्टमलाई पनि उपलब्ध छ । साथै गुगल क्रोम प्रयोगकर्ताहरूले यस वेब एपको एक्स्टेन्सन क्रोम वेब स्टोरदेखि फ्रीमा डाउनलोड गर्न सक्छन् । आफ्नो इन्टरनेट ब्राउजरदेखि 'स्पिडटेस्ट डट नेट' वा 'फास्ट डट कम' खोलेर सजिलै आफ्नो इन्टरनेट स्पिड पत्ता लगाउन सकिन्छ । यी दुई एपले दिने स्पिड रिपोर्टमा अंकहरू धेरै थोरै फरक देखिन सक्छन् ।

'फास्ट डट कम'ले आफ्नो नेटफ्लिक्स सर्भरदेखि केही फाइल डाउनलोड गरेर कनेक्सन स्पिड चेक गर्छ भने 'स्पिडटेस्ट डट नेट'ले नजिकैका इन्टरनेट सेवा प्रदायक कम्पनीले होस्ट गरेका सर्भरको सहायता लिन्छ । नजिकैको सर्भरदेखि फाइल डाउनलोड गर्ने हो भने अवश्य धेरै स्पिड पाइन्छ । त्यस कारण 'स्पिडटेस्ट डट नेट'मा नजिकको होस्ट चेन्ज गरेर नेपालभन्दा बाहिरका सर्भर छानेर स्पिड चेक गर्ने हो भने आफूले पाइराखेको इन्टरनेट स्पिडको (डाउनलोड र अपलोड) जानकारी लिन सकिन्छ । 'फास्ट डट कम'ले भने डाउनलोड स्पिडमात्रै चेक गर्छ ।

आफूले पाइरहेको स्पिड ८० प्रतिशतभन्दा कम छ भने इन्टरनेट सेवा प्रदायक कम्पनीसँग तुरुन्तै गुनासो राख्नु मनासिब हुन्छ । गुगल, म्यासेन्जर, फेसबुक चलेकै छ भनेर चुप लाग्नु आफैंलाई घाटा पुर्‌याउनु हो ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2