MENU

संयम, विवेक र आस्था

635x90_1

अन्नपूर्ण बिहीबार, पुस १४, २०७३ 1554 पटक पढिएको

Share This

635-X-85

कैलाली जिल्लाको गोदावरी क्षेत्रमा रहस्यमय तरिकाबाट ठूलो संख्यामा गौ हत्या भएको घटनाले अहिले सुदूर तथा मध्य पश्चिमका केही क्षेत्र तनावग्रस्त बनेका छन् । नेपालको सांस्कृतिक, परम्परागत र सामाजिक तथा धार्मिक जीवनमा गाईको सम्मानजनक स्थान छ ।

कृषिप्रधान मुलुकमा गौ सन्तानको समेत सम्मानसाथ हेरिन्छ र कानुनद्वारा गौबध निषेधित छ । हिन्दु धर्मावलम्बीहरूले पूजा गर्नुको साथै गाईलाई ‘राष्ट्रिय जनावर' को सूचीमा निरन्तरता दिएर उसको रक्षाको दायित्व सबै नेपालीले लिनुपर्ने आशय संविधानले बोकेको छ ।
गौ, गौ सन्तान र तिनीहरूप्रतिको अनादरले अप्रिय परिस्थिति निम्त्याउन सक्छ भन्ने मुलुकमा प्रायः सबैलाई थाहा छ ।

अहिले कैलाली क्षेत्रमा झन्डै २५ वटा गाईको रहस्यमय मृत्यु भएको र अरू १४/१५ वटा गम्भीर अवस्थामा छन् । उनीहरूको मुखबाट फिँज आइरहेको छ ।

यो घटनालाई लिएर एकातिर केही हिन्दु साम्प्रदायिक मानसिकता बोकेकाहरू उद्वेलित छन्, षड्यन्त्रपूर्ण तरिकाले गाई मारिएको आरोप लगाउँदै छन् भने अर्कोतिर त्यो शंकाका कारण निर्दोष व्यक्तिहरू संगठित र साम्प्रदायिक आक्रोशको निशाना बन्ने खतरा बढ्दै गएको छ । त्यो परिस्थितिमा पुग्नुअघि स्थानीय प्रशासनले गौ हत्यामा स्थापित या सम्भावित कारण जनतासमक्ष ल्याउनु आवश्यक छ । अहिले त्यहाँ दुईदिने बन्दले साम्प्रादयिक तनाव अझै बढाएको छ ।

दोस्रो, अरूलाई दोष लगाउनुपूर्व गौ सन्तानलाई पुग्ने हिन्दुहरू स्वयं नै संवेदनशील हुन आवश्यक छ । दूध खाने तर दुई दिन छोडेपछि जंगल खेद्ने संस्कार आफैंमा गाईप्रतिको असम्मान हो । जंगल पस्न विवश गाई त्यहाँ विषलगायत अनेक झार, पात, घाँस खानुपर्ने बाध्यतामा पर्छन् । २५ वटा गाईको ‘मृत्यु' को एउटा सम्भावित कारण त्यो पनि हुन सक्छ । मृतक गाईहरूको ‘पोस्टमार्टम' को प्रतिवेदनले सम्भवतः त्यो कुरा स्थापित गर्नेछ ।

यी सीमावर्ती क्षेत्र हुन् । खुला सिमानाबाट भारत पुग्ने केही गाई त्यहाँ ‘बधशाला' सञ्चालकहरूका लागि राम्रो खुराक हुन सक्छन्, यद्यपि ‘गौ हत्या' का नाममा भारतका केही क्षेत्रमा व्यक्ति हत्या भएको घटनाले गाईमाथि देखिने गरी आक्रमण हुने परिस्थिति न्यून भएको छ ।

तर गाईको पुच्छर ढोग्ने र पूजा गर्ने कर्मकाण्डपछि गाईलाई नेपालभित्रै मर्न बाध्य गराउने परिस्थिति नेपालीले नै समाप्त गर्नुपर्छ । गाईको सुरक्षा भनेको नकाटिने मात्र हैन, उसको सम्मानित सुरक्षा र पालनपोषण पनि हो ।

सम्भवतः नगरपालिका या गाउँ विकास समितिहरूले पुरानो ‘कान्जीहाउस' या आ श्रय पद्धतिको विकास गर्नु त्यत्तिकै आवश्यक छ कानुनद्वारा । आयुर्वेद चिकित्सा पद्धतिमा ‘गौ मुत्र' लगायतको आवश्यकता हुँदा त्यस्ता गौशालाहरूसँग आयुर्वेद चिकित्साहरूको सोझै सम्पर्क गराउने अनि उनीहरूको स्वाभाविक मृत्युपछि छालाहरू कोरा पदार्थका रूपमा चर्म उद्योगहरूलाई आपूर्ति गर्ने व्यवस्था बनाइएमा रोगी र वृद्धा गाईहरूको समेत सुरक्षित हेरचाह हुन सक्छ ।

अहिले सुदूर पश्चिम ‘गौ हत्या' लाई लिएर देखा परेको आक्रोश तथा बन्दकर्ताहरूले यी सबै वास्तविकतालाई ध्यानमा राख्दै बन्द फिर्ता लिएर गौवंश सुरक्षित र सम्मानित लालनपोषणको व्यवस्थामा समय लगाउनु उनीहरूको दायित्व हो । आपूmले पुज्ने गरेको गौ र गोवंशका नाममा साम्प्रदायिक विद्वेष र उत्तेजना फैलाउनु धर्मको नाममा पाप हो ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2