MENU

इरानी पूर्वराष्ट्रपति रफ्सञ्जानीको निधन

635x90_1

अन्नपूर्ण मंगलवार, पुस २६, २०७३ 1429 पटक पढिएको

Share This

635-X-85

तेहरान इरानः इरानी धर्म गुरु तथा प्रसिद्ध पूर्वराष्ट्रपति अकवर हुजेनी रफ्सञ्जानीको ८२ वर्षको उमेरमा हृदयघातका कारण आइतबार निधन भएको छ ।

उनलाई हृदयघात भएपछि आइतबार तेहरानस्थित स्थानीय एक अस्पताल भर्ना गरिएको थियो । उनलाई बचाउन गरिएको उपचार प्रयासले सफल हुन सकेन । आइतबारै उनलाई मृत घोषणा गरियो ।

यसैबीच इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनीले आफ्ना पुराना मित्र तथा इरानका पूर्वराष्ट्रपति रफ्सञ्जानीको आकस्मिक निधन भएको भन्दै उनको मृत्युको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन् । खामेनीले १९७९ को इस्लामिक क्रान्तिमा पुर्याएको योगदानको स्मरण गर्दै मुलुकले एक कर्मयोद्धा गुमाएको बताएका छन् ।

इरानी राष्ट्रपति हसन रुहानीले पनि पूर्वराष्ट्रपति रफ्सञ्जानीको निधनप्रति शोक सन्देश जारी गर्दै मुलुकले एक इमानदार, राष्ट्रप्रेमी एवं कर्मठ व्यक्तिलाई गुमाएको बताएका छन् । राष्ट्रपति रुहानीले उनलाई क्रान्ति, धैर्य र प्रतिरोधका प्रतीक भएको भन्दै प्रशंसा गरेका छन् ।
उनको निधनप्रति रुहानी प्रशासनले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । राजनीति एवं व्यारिक दुवै क्षेत्रमा उनी उत्तिकै सफल व्यक्तित्व थिए ।

उनलाई ’अकबर शाह’, ’ग्रेट किङ’ जस्ता कयौं उपनामले चिनिन्थ्यो ।इरानी राजनीतिमा उनी पर्दा अगाडि वा पछाडि उनी प्रभावशाली रूपमा प्रस्तुत भएका थिए । अमेरिका समर्थित शाहलाई सत्ताच्युत गराइएपछि इरानमा भएका राजनीतिक उथलपुथलमा उनी सहभागी थिए ।

उनको बढ्दो प्रभावबाट चिन्तित भएर सन् २०१२ मा भएको राष्ट्रपतिको चुनावमा उनलाई चुनावमा भाग लिन दिइएको थिएन । यसकारण उनले उनले सुधारवादी हसन रुहानीको पक्षमा वकालत गरेका थिए । अमेरिकासँग पारमाणविक वार्तामा पनि उनी सक्रिय थिए ।
सन् १९३४ मा जन्मिएका रफ्सञ्जानी इरानका प्रभावशाली राजनीतिज्ञ, धार्मिक विद्वान् र इरानका संस्थापक नेता आयतोल्लाह रुहोल्लाह मुसाभी खोमेनीका विश्वासपात्र थिए ।

सन् १९८९ देखि १९९७ सम्म राष्ट्रपति भएका रफ्सञ्जानीले सन् १९७९ को इरानी क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए भने जीवनको उत्तराद्र्धमा उनलाई अनुदार कट्टरपन्थीहरूका लागि चुनौतीपूर्ण व्यक्तित्वका रूपमा लिइने गरिन्थ्यो । —रासस/एएफपी

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

635x90_2