MENU

क्रेनमा चेपिएर चिनी मिलमा कामदारको मृत्यु

635x90_1

राजकरण महतो बुधवार, पुस २७, २०७३ 1325 पटक पढिएको

Share This

635-X-85

बर्दिवासः उखु झार्ने अनलोडर मेसिनमा चेपिएर महोत्तरीको रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा एकजना मजदुरको ज्यान गएको छ ।

चिनी मिलमा कृषकले ल्याएको उखु अनलोड गर्ने क्रममा मेसिनले च्यापेर भारतको बेतिया घर भएका २२ वर्षीय मल्लु तिवारीको मृत्यु भएको हो । मङ्गलबार राति करिब ९ बजेको समयमा उखु अनलोड गर्दागर्दै क्रेन भनिने अनलोडर मेसिनले च्यापिएर ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मेसिनले चेपिएर तिवारीको शव क्षतविक्षत भएको थियो । शव घटनास्थलको प्रकृति मुचुल्का उठाएर पोष्ठमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको इप्रका गौशालाका इस्पेक्टर शम्भु पोखरेलले बताए ।

मिलमा परी ज्यान गुमाएका तिवारीको परिवारलाई राहतको माग गर्दै मजदुरहरूले मंगलबार राति ९ बजेदेखि बिहान बुधबार बिहान ४ बजेसम्म मिल बन्द गराएका थिए । तिवारी मिलमा एक वर्षदेखि क्रेन अपरेटरको रुपमा थिए । मिलका प्रबन्ध निर्देशक पिके झा र मजदुरबीच तिवारीको परिवारलाई उचित राहत दिने सहमति भएपछि मिल पुनः सञ्चालनमा आएको छ ।

यता एभरेस्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजको अखिल नेपाल औद्योगिक मजदुर सङ्घका अध्यक्ष देवनारायण महतोले मृतक मजदुरका परिवारलाई रु १० लाख क्षतिपूर्ति दिन माग गरेका छन् । मृतकका आश्रित परिवारजनलाई रोजगारी दिन समेत मजदुरहरुले माग गरेका छन् । मजदुरको मागको उद्योग प्रशासनले सुनवाई नगरे कडा आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2