MENU

नदी नियन्त्रणका लागि भारतबाट ६२ करोड सहयोग

635x90_1

अन्नपूर्ण अनलाइन बुधवार, पुस २७, २०७३ 12420 पटक पढिएको

Share This

635-X-85

काठमाडौं : भारतले तराईका तीन नदी लालबकैया, कमला र बागमती नियन्त्रणका लागि ६१ करोड ९६ लाख रुपैयाँको नगद सहयोग दिएको छ।

भारतीय राजदूत रञ्जित रेले सिंचाइ मन्त्री दीपक गिरीलाई उक्त रकमको चेक बुधबार मन्त्रालयमा आयोजित एक समारोहकाबीच हस्तान्तरण गरे। भारतले उक्त रकम नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समिति (जेसीआईएफम) को दशौं बैठकको निर्णयअनुसार नदी नियन्त्रण कार्यका लागि निकासा गरेको मन्त्रालयले जनाएको छ।

बुधबार हस्तान्तरण गरेको रकम बाहेक यसअघि भारत सरकारबाट उक्त तीन नदी नियन्त्तणका लागि कूल चार अर्ब २३ करोड ७९ लाख रुपैयाँ सहयोग गरिसकेको मन्त्रालयको विज्ञप्तिमा छ।

भारतले निकासा गरेको रकममध्ये बागमतीका लागि एक अर्ब सात करोड ५५ लाख रुपैयाँ, लालबकैयाका लागि एक अर्ब २४ करोड ३५ लाख रुपैयाँ र कमलाका लागि एक अर्ब ९१ करोड ८८ लाख रुपैयाँ खर्च भएको छ। उक्त सहयोगबाट बागमतीमा ४० किलोमिटर, लालबकैयामा ६१.३१ किलोमिटर र कमलामा ६८.०५ किलोमिटर गरी कूल १६९.३६ किलोमिटर तटबन्धको निर्माण भएको छ।

कार्यक्रममा सिंचाइ मन्त्री गिरीले दुइ देशमा बाढीको प्रभावकारी व्यवस्थापनमा अमूल्य योगदान गरेकोमा डुवान तथा वाढी व्यवस्थापन संयुक्त समितिको प्रशंसा गरेका थिए। चुरे विनासको कारणले उत्पन्न समस्याहरुको प्रत्क्षय/अप्रत्यक्ष कारणहरु दुबै देशले भोगिरहेको अवस्थामा नदीसँगै चुरे संरक्षणका लागि संयुक्त प्रयासको आवश्यकता औल्याएका थिए।

मन्त्री गिरीले नेपालका अन्य नदी नियन्त्रणका लागि पनि सहयोग गर्न भारत सरकार समक्ष अनुरोध गरे। उनले हालसम्म प्राप्त सहयोगका लागि भारत सरकार तथा भारतीय जनताप्रति आभार व्यक्त गर्दै दुई देशका जनताको थप हितका लागि जलस्रोतको प्रभावकारी उपयोग एवं व्यवस्थापनको लागि आपसी सहयोगको खांचो भएकोमा जोड दिएका थिए ।

कार्यक्रममा जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले स्वागत मन्तब्य राख्दै भारतीय सहयोगको सरहाना गरेका थिए।सचिव गजेन्द्रकुमार ठाकुरले दुइ देशका जनताको हितको लागि दुवै देश भई बग्ने नदीहरुको सार्थक व्यवस्थापन गर्न आपसी सहयोगको खांचो रहेको बताए।सचिव ठाकुरले नदी नियन्त्रण कार्यमा प्राप्त सहयोगका लागि भारत सरकार र भारतीय जनताप्रति धन्यवाद ज्ञापन गरे।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2