MENU

ओबामाको विदाइ भाषणमा आँसु

635x90_1

अन्नपूर्ण बुधवार, पुस २७, २०७३ 53613 पटक पढिएको

Share This

635-X-85

अमेरिकाः कहिलेकाही मालिया र साशाले लाजमर्दो खालको फजुल खर्च गरेको आरोप अमेरिकन जनताले लगाउने गर्थे । छोरीहरु मालिया र साशा बाराक र मिसेलका आफ्नै सन्तान नभएको हल्ला पनि बेलाबेलामा पश्चिमा मिडियाले चलाए । मिसेल ओबामा गर्भवती भएको फोटो कहिल्यै सार्वजनिक नगरेको भन्ने तर्क पश्चिमा मिडियाको थियो । छोरीका कारण यी दम्पत्तिको सम्बन्ध विच्छेद हुन लागेको निराधार हल्ला पनि बेला बेलामा चले । उनीहरुले यसको बारेमा कहिल्यै मुख खोलेनन् ।

ओबामा दुई पटक राष्ट्रपति पदमा निर्वाचित भएका भाग्यमानी अश्वेत अमेरिकी राष्ट्रपति हुन् । ओबामाले गरेको विदाइ भाषण लोकप्रिय बन्यो । आफूले गरेका प्रतिज्ञाहरु केही पूरा भए पनि केही अधुरा रहेको अमेरीकी सामू स्वीकार गरे । तर, अमेरिकी नेतृत्वमा नाटकीय परिवर्तन भएको भन्ने विचार राखे।

अबको दश दिन उनको ठाउँमा फेरिन लागेका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको बारेमा भने केही मुख खोलेनन् । बरु आफूले शान्तिपूर्ण रुपमा एउटा राष्ट्रपतिबाट अर्को राष्ट्रपतिमा शक्ति हस्तान्तरण गर्न चाहेको बताए ।

आफनो कार्यकालमा अमेरिका झनै बलियो र सुदृढ भएको दाबी ओबामाले गरे । सँगै ओबामाले मुस्लिमलाई भेदभाव नगरेको, आफनो मुलुकमा कुनै पनि आतंककारी आक्रमण नभएको चीन, रसिया जस्ता प्रतिस्पर्धी मुलुकले अमेरीकाको विश्वमा रहेको प्रभावलाई बिथोल्न नसक्ने दाबी पनि गरे ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले मंगलबार राष्ट्रपतिका रुपमा अन्तिम मन्तव्य दिने क्रममा आफ्नो कार्यकालका विषयलाई बेलिविस्तार लगाए । उनले यो बिदाई भाषणका क्रममा आफ्नो कार्यकाल सफल बनेको दावी गरे।

आठ वर्षसम्म अमेरिकी प्रशासनको उच्च पद सम्हालेको अनुभव साट्न आफू राष्ट्रपति निर्वाचित भएपछि जस्तै सिकागो शहर पुगेका राष्ट्रपति ओबामाले इरानसँग गरेको आणविक सम्झौतादेखि लिएर स्वास्थ्य क्षेत्रमा आफ्नो कार्यकालमा भएको उपलब्धिको चर्चा गरे ।

राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयबाट निराश बनेका आफ्नो समर्थकका माझ उभिएर सम्पूर्ण अमेरिकीलाई न्यायमूखी नयाँ तथा चुस्त समाज निर्माणका लागि प्रजातान्त्रिक मुल्यमान्यतालाई जोगाउन सङ्घर्ष गर्न राष्ट्रपति ओबामाले आग्रह गरे ।

हामी सबैबीच बाहिरीरुपमा भिन्नता देखिएपनि समग्रहमा हामी सबै सँगै छा तर अन्धभक्त जातीवाद र असमानता प्रजातन्त्रका मूल्यमान्यता विरुद्ध चुनौति भएकाले सहकार्यगर्दै अघि बढ्नुपर्ने छ, राष्ट्रपति ओबामाले भने, ‘हामी एक्लै आयौँ र एक्लै जाने छौँ ।’

सन् २००८ मा राष्ट्रपतिमा निर्वाँचित हुँदा जुन आशा र परिवर्तनको सन्देश लिएर वासिङ्टन छिरिएको थियो त्यसलाई सम्बोधन गर्न आफू सफल बनेको ओबामाको तर्क थियो ।

उनले मुलुकको आर्थिक प्रगति, इरानसँगको परमाणु सम्झौता, क्यूवासँगको सम्बन्धको पुनःस्थापना र समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने लगायतका काम आफ्नो कार्यकालका प्रमुख उपलब्धि भएको उक्त अवसरमा बताए।

‘हामी जृन पार्टीका भएपनि हामी लोकतान्त्रिक समाजको निर्माणमा जुट्नुपर्छ, ओबामाल भने । प्रजातन्त्रताका चुनौतीसँग शाक्तिको प्रयोगभन्दा अधिकार तथा बौद्धिकता र परिश्रममाथि विश्वासले नै संयुक्त राज्य अमेरिकालाई मुलुकको गम्भीर आर्थिक मन्दीको समयमा फासिवाद र निरङ्कुशता प्रतिको आकर्षणलाई प्रतिवाद गर्न मद्दत गरेको थियो र यही विचारले अन्य विश्व समुदायसँग मिलेर दोस्रो विश्वयुद्धपछि अघि बढ्न प्रेरणा दिएको थियो, सम्बोधनका क्रममा उनले बताए ।

 

राष्ट्रपति ओबामाले रसियाको सहयोगमा ट्रम्पलाई हवाइटहाउस पुर्याइएको भन्ने चर्चालाई सङ्केत गर्दै फासिवाद र निरङ्कुशता प्रतिको आकर्षण प्रजातन्त्रका लागि चुनौति हुनसक्ने पनि बताए । एजेन्सी

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

635x90_2