MENU

उदात्त प्रेम

635x90_1

नेत्र आचार्य आइतवार, फागुन १, २०७३ 2389 पटक पढिएको

Share This

635-X-85

शब्दको सीमाभन्दा पर

बातें तो बहुुत है मुुहब्बत बयाँ करने के लिए,
पर जो खामोशी नहीं समझते वो बातें क्या समझेंगे ।

जसले पाउने आकांक्षा राख्छ उसले पहिला गुुमाउन सक्नुुपर्छ, जो बाँच्ने अभिलाषा राख्छ, ऊ पहिला मर्न राजी हुुनुुपर्छ, । जीवनको शाश्वत नियम यस्तै छ । यो नियम हेक्का नराख्दा जीवनमा जे महत्वपूर्ण छ त्यो गुुम्छ, जे महत्वहीन छ त्यो संगृहीत हुुँदै जान्छ । मानिस बडा संग्रहशील प्राणी हो । धन होस् या ज्ञान, बटुुलेर मानिस कहिल्यै थाक्दैन । तर, यी सबै कुुराको एउटा सीमा हुुन्छ जुुन मानिसले हेक्का राख्न भ्याउँदैन । जीवनमा शून्यता या रिक्ततालाई अवकाश दिनुु आवश्यक हुुन्छ जहाँ प्रेम, शान्ति र आनन्दले ठाउँ पाऊन् । प्रेम या आनन्द शब्दमा कम र मौनतामा अधिक मुुखर हुुन्छन् । मौनतामा शब्दको सीमाभन्दा परको अवस्था अनुुभूति हुुनसक्छ । प्रेमको अस्तित्व अनन्तकालदेखि आरम्भ भएको हो, शब्दको विकास चानचुुन १० हजार वर्ष यतामात्र हो।

प्रेम अनुुभूतिको विषय हो, अनुुभूतिको आधार चेतना हो । हरेक मानिसको सर्वाधिक मूल्यवान् सम्पदा चेतना हो यद्यपि कमैलाई आफूभित्र चेतनाको बोध हुुन्छ । भोगाइका क्रममा शरीरमा टक्सिन संगृहीत हुुन्छ भने मनमा लोभ, क्रोध र चिन्ताहरू जम्मा हुुन्छन् । मनको पर्दा धमिलो हुुँदै जान्छ र एक प्रकारको बेहोशीले जीवनभर घेरिरहन्छ जसले गर्दा आफूभित्र चेतनाको बोध हुुँदैन । उदात्त प्रेम अनुुभूति गर्ने चेतना कसरी विकास भयो भन्ने सम्बन्धमा हालै भएको एउटा वैज्ञानिक खोज रोचक छ ।

कालजयी चेतना: कालजयी प्रेम

वैज्ञानिक भन्छन्, ‘मानिसको मस्तिष्क अधिकतम सूचनाहरू संग्रह गरी अवसर र चुुनौती ठम्याउनका निम्ति विकसित भएको हो । अवसर र चुुनौती पहिचान गर्दा मानिसले आफ्नो जीवन अधिक सुुरक्षित र सहज त बनाउँछ तर यो क्षमताका लागि हरेकले एउटा मूल्य चुुकाउनुुपर्छ । त्यो मूल्य हो, मस्तिष्कमा सूचना केलाउने क्रममा साथसाथै विकसित हुुने क्याओस अर्थात् अराजकता । यो क्याओसले एक दिन मस्तिष्कलाई नै खाइदिन्छ । यो आत्मघाती अवस्थाको प्रतिफलका रूपमा कालक्रममा मानिसमा चेतनाको विकास भयो । चेतना पदार्थभन्दा विल्कुुलै भिन्न विषय हो । वैज्ञानिकहरूको तर्क छ, क्याओसकै प्रतिक्रियास्वरूप चेतना विकसित भएको हो ।

मस्तिष्कमात्र होइन, सृष्टिको हरेक वस्तुुमा क्याओसको अंश हुुन्छ, जसको आयतन बढ्दै गएर अन्तत: वस्तुुको संरचना धराशयी बनाइदिन्छ । ब्रह्माण्डसमेत एक दिन यही कारणले क्षय हुुनेछ । वैज्ञानिकहरूले यो प्रक्रियालाई एन्ट्रपी नाम दिएका छन् ।


भोगाइका क्रममा शरीरमा टक्सिन संगृहीत हुुन्छ भने मनमा लोभ, क्रोध र चिन्ताहरू जम्मा हुुन्छन् । मनको पर्दा धमिलो हुुँदै जान्छ र एक प्रकारको बेहोशीले जीवनभर घेरिरहन्छ जसले गर्दा आफूभित्र चेतनाको बोध हुुँदैन ।


पदार्थको अनिवार्य विकासक्रमबाट अप्रभावित रहन सक्ने गरी केही विकसित हुुनुु अद्भुुत कुुरा हो । यस्तो गुुणसहितको मानिसको मस्तिष्क सृष्टिको महत्तम विकासको अवस्था हो । र, मस्तिष्कमा बुुद्धिभन्दा पृथक चेतनाको विकास हुुनुु एक चमत्कार नै हो । वैज्ञानिकहरू चेतनालाई अथ्र्याउने स्तरमा क्रमश: आइपुुग्दैछन् । पूर्वीय मेधावी ऋषिहरूले चेतना कालजयी हुुन्छ भन्ने उहिल्यै अनुुभूति गरेका थिए । ऋषिहरूले चेतनालाई सजिलो भाषामा आत्मा भन्न थाले । उनीहरूले आत्मा साक्षात्कार गर्नुु जीवनको उच्चतम लक्ष्य मानेका थिए । ऋषिहरूले आत्मज्ञानका सूत्रहरूलाई वेद, उपनिषद् र अन्य दर्शन शास्त्रका मन्त्रहरूमा संगायन गरेका थिए । बुुद्धको उदयले आध्यात्मिक परम्परालाई माथिल्लो उचाइमा पुर्‍याइदिनुुभयो । चेतनाको महत्तम अनुुभूति गौतम बुुद्धको इतिवृत्तबाट बोध हुुन्छ ।

बुुद्धत्व र प्रेम

गौतम बुुद्धले प्राप्त गरेको निर्वाण सम्भवत: चेतनाको कालजयी अवस्थाको प्राप्ति थियो । ज्ञानोदयपश्चात बुुद्धको मनमा दुु:ख या मृत्युुको त्रासबाट भयभीत मानिसहरूप्रति महाकरुणा पैदा भयो । मानिसहरूलाई भयमुुक्त बनाउन बुुद्धले जीवनभर अनेक विधि र पद्धति विकसित गर्नुुभयो । मुुक्ति अर्थात् निर्वाणको अवस्था सबैलाई सुुलभ बनाउन बुुद्धले सुुझाउनुुभएको शिक्षा तीन शब्दमा समेटिन्छ: शील, समाधि र प्रज्ञा । यी तीन शब्दले मन, वचन र कर्ममा एकरूपता र शुुद्धता हुुनुुपर्ने आवश्यकता औंल्याउँछन् । आचरण र ध्यान एकसाथ अभ्यास भएमात्र प्रज्ञोदय हुुन्छ र चेतनाको अनुुभूति गर्न सकिन्छ । धर्म कालजयी हुुन्छ । धर्मको अर्को नाम नै बुुद्ध हो । चेतनाको विकास गरेर बुुद्धले प्रेमको कालजयी अवस्था अनुुभूति गर्नुुभयो । प्रेम सीमित व्यक्ति या वस्तुुसँग हुुँदा क्षणभंगुुर हुुन्छ, तर सबैसँग हुुँदा अमर हुुन्छ । बुुद्धले समस्त प्राणीप्रति प्रेम अनुुभूति गर्नुुभयो । महाकारुणिक बुुद्धको हरेक तस्बिर या मूर्तिमा प्रेमको सागर लहराएको हुुन्छ ।

मानिसको अस्तित्वका तीन तह हुुन्छन्: स्थूल शरीर, त्योभन्दा पर मन र मनभन्दा पर चेतना । प्रेम पनि तीन तहमै भिन्न भिन्न हुुन्छ । शरीरले शरीरको स्पर्श माग्छ, मनले मनसँग मिल्न चाहन्छ र चेतना चेतनासँग एकाकार हुुन चाहन्छ । दुुई शरीर एकआपसमा मिल्दा जुुन रस पैदा हुुन्छ त्यसलाई काम भनिन्छ, दुुई मन आपसमा मिल्नुुलाई प्रेम भनिन्छ । दुुई चेतना परस्परमा समाहित हुुँदा प्रेम रूपान्तरित हुुन्छ, प्रेम आराधना हुुन्छ।

आराधनामा जुुन आनन्द या उल्लास बोध हुुन्छ, प्रेममा त्यो उल्लासको झलक मात्र अनुुभूति हुुन्छ । किनभने, दुुई प्रेमीबीच आपसमा कैयौं अपेक्षा हुुन्छन् । ती अपेक्षाहरूले आँखामा पर्दा हालिदिन्छन, चेतनाको ज्योति आक्कलझुुक्कल मात्र देख्न सकिन्छ, फलत: प्रेमको आनन्द अपेक्षाहरूले निलिदिन्छन् । बन विहारमा हुुँदा संयोगले आइपुुगेका राजकुुमारहरूलाई बुुद्धले प्रेमको लोकोत्तर अर्थ सम्झाउनुुभएको थियो ।

सुुन्दरी खोज्ने कि आफैंलाई ?

एकपटक भगवान् बुुद्ध जेतबनमा ध्यानमग्न हुुनुुहुुन्थ्यो । नजिकैको सहरबाट राजकुुमारहरू एउटी सुुन्दर युुवतीलाई लिएर बनभोज गर्न त्यही बनमा पुुगे । दिनभर भोजभतेर चलिरह्यो । राजकुुमारहरूले भरपूर आनन्द उठाए । थकित भएर जब उनीहरू सुुते, त्यो सुुन्दर स्त्री सबै राजकुुमारका गरगहना बटुुलेर भागी । बिहान उठ्दा आफ्ना हीरामोती र युुवतीसमेत नदेखेपछि राजकुुमारहरू उसलाई खोज्न जंगल चाहार्न थाले । बुुद्ध ध्यानमग्न हुुनुुहुुन्थ्यो। राजकुुमारहरू त्यहाँ पुुगेर बुुद्धलाई सोधे, ‘तपस्वी, एउटी युुवती यहाँबाट कतै गएको देख्नुुभयो कि ? ’ बुुद्धले भन्नुुभयो, ‘कोही यहाँबाट जरुर गयो, तर त्यो युुवती थिई या युुवक, मलाई हेक्का भएन ।’

राजकुुमारहरूले कसरी त्यो युुवतीले आभूषण चोरेर भागी भन्ने सबै बेलिबिस्तार गरे । शान्त हुुँदै बुुद्धले भन्नुुभयो, ‘त्यो युुवती निकै पर पुुगिसकेकी हुुनुुपर्छ । तर त्यो स्त्रीको खोजी गर्नुुभन्दा महत्वपूर्ण काम तपाईंहरूले आफैंलाई खोज्नुु हो । के तपाईंहरूले आफैंलाई फेला पार्नुुभएको छ ? ’आफूलाई खोज्नुु भनेको के हो, राजकुुमारहरूलाई थाहा थिएन । बिस्तारमा बताइदिन उनीहरूले विनम्रतापूर्वक बुुद्धलाई आग्रह गरे ।

उपवनमा भर्खरै कलिलो घाम लागेको थियो । रूखका पातमा शीतका थोपा टल्केका थिए । चराहरू आहारको खोजीमा गुुँडबाट निस्कन लागेका थिए । कतै पृष्ठभूमिमा झ्याउँकीरीहरूको मधुुरो आवाज गुुञ्जिरहेको थियो । बुुद्धका वरिपरि पारिलो घाममा राजकुुमारहरू केही नयाँ कुुरा सुुन्न शान्त भई बसिरहेका थिए । बुुद्धले भन्नुुभयो, ‘यतिखेर तपाईंहरू यहीँ हुुनुुहुुन्छ त ? ’ आश्चर्य मान्दै उनीहरूले भने, ‘निश्चय नै, हामी यहीँ छौं । हजुुरले हामीलाई देखिराख्नुुभएको छ ।’ बुुद्धले भन्नुुभयो, ‘मैले तपाईंहरूलाई यहाँ नदेखेर नै सोधेको हुुँ । तपाईंहरूमध्ये कोही त्यही हराएकी स्त्रीको ध्याउन्नमा हुुनुुहुुन्छ, कोही दरबार फर्कनेबारे सोचिरहनुुभएको छ, कोही अर्थोकै केही चिन्तनमा हुुनुुहुुन्छ । यहीँ हुुनुु भनेको तन र मन दुुवै यहीँ हुुनुु हो ।’

राजकुुमारहरूले स्वीकार गरे, उनीहरू कुुनै न कुुनै विचारमा डुुबेका थिए। बुुद्धले भन्नुुभयो, ‘वर्तमान अवस्थामा रहन सिक्नुु आफैंलाई चिन्ने अभ्यासमा पहिलो कदम हो । जब हामी हिँडिरहेका या दौडिरहेका हुुन्छौं, दृश्यहरू प्रस्ट देखिँदैनन् । प्रस्ट देख्नलाई शरीर र मन पनि स्थिर हुुनुुपर्छ ।’ बुुद्धले केही बेर सबैलाई श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्न भन्नुुभयो । श्वासको गतिलाई स्वतस्फूर्त रूपले हेर्ने अभ्यासले वर्तमान अवस्थाप्रति सजग हुुन सकिन्छ भन्ने बुुद्धको आशय थियो । बुुद्धले अगाडि भन्नुुभयो, ‘एकछिन श्वास रोकिए जीवन समाप्त हुुन्छ ।

तर, अस्तित्वले हर क्षण हरेक मानिसलाई श्वासको माध्यमले प्राण ऊर्जा दिइरहेको छ । यो जानेर पनि के हामीमा अस्तित्वप्रति अहोभाव पैदा भएको छ त ? हामी जहाँ बसिरहेका छौं यो पृथ्वीबाट लाखौं किलोमिटर परसम्म अन्तरिक्षमा कहीँ पनि हाम्रो अनुुकूल वातावरण छैन । के हामी यति सुुन्दर धर्ती पाएकोमा गौरवान्वित छौं त ? के यो अद्भुुत घटनाप्रति हामी आश्चर्यभावले भरिएका छौ त ? ’

राजकुुमारहरू अज्ञानी थिएनन् । बुुद्धका युुक्तियुुक्त वचनहरूले तत्क्षण उनीहरूलाई स्पर्श गर्‍यो । उनीहरूले नयाँ जीवन दृष्टि पाएको अनुुभूति गरे । उनीहरूले बुुद्धको बारेमा सबै कुुरा सोधे र कसरी बुुद्ध उन्नत चेतनाको खोजी गर्दै दरबारबाट महाभिनिष्क्रमण गर्नुुभएको थियो भन्ने थाहा पाए । कसरी छ वर्षको तपस्यापश्चात् उहाँमा ज्ञानोदय भयो र उहाँ दुु:खबाट सदाका लागि मुुक्त हुुनुुभयो भन्ने पनि थाहा पाए ।

उदात्त प्रेम

आँख कहीं पडते हैं पांव कहीं पडते हैं
सबकी है तुुम को खबर, अपनी खबर कुुछ भी नहीं ।
हाम्रा आँखा कहीँ हुुन्छन्, पाउले अन्तै कहीँ टेकेका हुुन्छन्, हामी सबैको बारेमा जानकार छौं, हामीलाई आफ्नै बारेमा केही थाहा छैन । आफ्नो बारेमा पत्तो नहुुँदा प्रेमको बारेमा पनि केही थाहा हुुँदैन । हामी न आफूलाई प्रेम गर्छौं, न कसैलाई प्रेम गर्न सक्छौं । गरिहाल्यौं भने पनि त्यो प्रेमले बर्बादीतिर डो¥याउँछ । अन्धा अन्धम् ठेलिए, दानो कूप पडन्त अर्थात् अन्धाले अन्धालाई डोर्‍याउँदा दुुवै कुुवामा खस्ने सम्भावना हुुन्छ ।

आत्मानं विद्धि: अर्थात् पहिला आफूलाई जान । शास्त्रहरूको निचोड यही हो । जसले आफूलाई बुुझ्दछ उसले मात्र अरूलाई बुुझ्नसक्छ । जसले स्वयंलाई प्रेम गर्न जानेको छ, उसले मात्र अरू कसैलाई प्रेम गर्न सक्छ । अक्सर व्यक्तिले प्रेम के हो भन्ने कहिल्यै सिक्दैनन् तर बुुझेको छुु भन्ने सोच्छन्। प्रेम गर्न सिक्दै नसिकी व्यक्ति आफूलाई प्रेमी भन्ठान्छ । यही कारणले प्रेममा यति धेरै धोका हुुन्छन्, अपराध हुुन्छन्, लाखौं मानिसको जीवन बर्बाद हुुन्छ।

उदात्त प्रेम शब्दमा अट्दैन, शास्त्रमा पनि अट्दैन । प्रेमलाई अथ्र्याउन पनि सकिँदैन । केवल अनुुभूति गर्न सकिन्छ । महको स्वाद जिब्रोमा राखेपछि थाहा पाइन्छ, त्यो पनि आफ्नै जिब्रोमा । प्रेम यस्तो सुुगन्ध हो जहाँ पनि महसुुस गर्न सकिन्छ । फूलमात्र होइन, पातमा पनि सुुगन्ध हुुन्छ । र, सुुगन्धलाई फैलाइरहनुु प्रेमको स्वभाव हो । हामी जति ग्रहणशील छौं उति त्यो सुुवास महसुुस हुुन्छ । हामी कति उन्मुुक्त छौं, हामीले आफूभित्र कति हलुुका छौं, कति चंगा छौं उति नै हामीले प्रेमको प्रवाहसँगै उडान भर्न सक्छौं । कसैले ठीकै भनेको थियो :
खुुशबू को फैलने का बहुुत शौक है मगर
मुुमकिन नहीं हवाओं से रिस्ता बनाए बगैर ।

मानिसको रूपमा जन्मनुु नै जीवन होइन । जन्म त एक अवसर हो जीवन उमार्नका निम्ति । जन्म त एक पृष्ठभूमि हो; गोडमेल गरेन भने झार, पात इत्यादि जे पनि उम्रन सक्छ । केही महत्वपूर्ण बाली उब्जाउन उन्नत बीउ छर्नुुपर्छ र गोडमेल गर्नुुपर्छ । प्रेम विकसित गर्न प्रेम छर्नुुपर्छ र प्रेमको बिरुवा हुुर्काउन आफ्नै अहंकारको आहुुति दिनुुपर्छ । आफू मेटिन राजी हुुनुुपर्छ । किनभने प्रेमको मार्ग साँघुुरो हुुन्छ । अहम् र प्रेम साथसाथै रहन सक्दैनन् । त्यसैले कबीरले भने:

प्रेम गली अति साँकरी ता में दो न समाए ।

प्रेमको यात्रा एउटा उत्सर्ग हो सायद । देखिजान्नेहरू के पनि भन्छन् भने, प्रेमको यात्रामा जाने बाटो त हुुन्छ तर फर्कने बाटो हुुँदैन । यति हुुँदाहुुँदै जीवनमा सार्थक कुुरा केही छ भने प्रेमको यही यात्रा हो । यो यात्राले बोधको त्यो अवस्थामा पुुर्‍याउँछ जहाँ व्यक्तिका सबै माग, सबै अपेक्षाहरू समाप्त हुुन्छन् र ऊ हलुुका हुुन्छ । समस्त जीवन हल्काफुुल्का बोध हुुन थाल्छ र भित्र कतै अज्ञात शून्यता बोध हुुन थाल्छ । जीवनमा पहिलोपल्ट मौनता रंगीन हुुन थाल्छ । यो मौनतामा एउटा खाली स्पेस निर्माण हुुन्छ जहाँ उदात्त प्रेमको द्वार खुुल्छ । प्रेमको महलमा हावाको होइन, खुुसीको प्रवाह चल्छ; पानीका होइन, प्रेमका झरना बहन्छन् । प्रेमीहरू प्रेमका दुुई थोपा पिएर आजीवन अहोभावले मुुग्ध हुुन्छन् ।

दो बूँद मेरे प्यार की पी ले
जिन्दगी सारी नशे में गुुजर जाएगी ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2