MENU

ईश्वरको दरबार

635x90_1

राजीव गौतम आइतवार, फागुन १, २०७३ 2652 पटक पढिएको

Share This

635-X-85

बालकथा

दिन रमाइलो थियो। आकाश सुन्दर देखिन्थ्यो। आकाशमा एउटा भव्य महल देखिन्थ्यो जुन ईश्वरको दरबार थियो। त्यहाँ ईश्वर सयौं परीहरूका साथ बस्नु भएको थियो। त्यहाँ भएका बहुमूल्य वस्तुहरूमध्ये एउटा जमेको अमृतको ताल पनि थियो।

त्यो दरबार हरेक घरबाट स्पष्ट रूपमा देखिन्थ्यो। तर सबै मान्छेले त्यसलाई देख्न सक्दैनथे। त्यस्ता विद्यार्थी जो इमानदार, तीक्ष्ण, मेहनती, अनुशासित तथा सभ्य थिए उनीहरूले मात्रै उक्त दरबार देख्न सक्थे। त्यस्ता विद्यार्थीमध्ये एकजनाले वर्षमा एक पटक बालदिवसको उत्सव पारेर उक्त दरबारको दृश्यावलोकन गर्न पाउँथे। उक्त विद्यार्थीले त्यहाँ पाँच घन्टा समय बिताउन पाउने व्यवस्था थियो।

बाल दिवसको पूर्वसन्ध्यामा ईश्वरले त्यहाँ यो वर्ष कुन अनुशासित विद्यार्थीलाई निमन्त्रणा गर्ने भन्ने कुराको निर्णय गर्नु पर्दथ्यो। अर्को दिन बिहानै वायुपंखी घोडाका साथ एउटा परीलाई उक्त विद्यार्थी लिन पृथ्वीमा पठाउनु पर्दथ्यो। यो घोडा सीधै विद्यार्थीको घरतर्फ हाँकिन्थ्यो।

उक्त विद्यार्थीका बाबुआमा पनि भाग्यमानी ठहरिन्थे। घोडासँगै गएकी परीले विद्यार्थीको नामले बोलाउँथिन्। उनले घोडामा उक्त विद्यार्थीलाई स्वागत गर्थिन् र बाबुआमालाई उनीहरूको बच्चा ६ घन्टाभित्र फर्काइ ल्याउने वाचा गर्थिन्। त्यसपछि वायुपंखी घोडा सीधै माथिल्लो संसारको दरबारतर्फ हाकिन्थ्यो र बच्चाले त्यहाँ स्वर्गीय आनन्द पाउँथ्यो।

यो वर्ष सम्राज नाम गरेको विद्यार्थी उनमा भएको सद्गुणका आधारमा छानिएका थिए। बिहानै कसैले बोलायो, 'सम्राज ! सम्राज !' सम्राज आफ्ना बाबुआमासहित बाहिर निस्कियो तर यताउता हेर्दा कसैलाई पनि देखेनन्। उनले भने, 'मलाई कसले बोलाइरहनु भएको हो ? ' उनीभन्दा सीधा माथि परी थिइन् र परीको अनुहार जुन जस्तै गरी टल्किरहेको थियो। परीले भनिन्, 'म हो यता हेर त तिम्रो घरको सीधा माथि छु।'

'म माथिल्लो संसारको दरबारबाट तिमीलाई लिन यहाँ आएको हो', उनले थपिन्। उनले जादुको डोरी फाल्दै फेरि भनिन, 'यहाँ आउ।' जब उसले त्यो डोरी समात्यो त्यसपछि त्यो डोरीले उसलाई सीधै वायुपंखी घोडातर्फ लिएर गयो।

परीले सम्राजको बाबुआमालाई आफ्नो छोरा गुणवान् बनाएकोमा धन्यवाद दिइन। उनले फेरि भनिन्, 'चिन्ता लिनु पर्दैन। म तपाईंहरूको मायालु अनि भाग्यमानी छोरालाई ६ घन्टाभित्र यही ल्याइदिनेछु।' बाबुआमा पनि खुसी भए र उनलाई पनि धन्यवाद दिए।

वायुपंखी घोडा माथिल्लो संसारमा पुग्यो। ईश्वरले भन्नुभयो, 'स्वागत छ सम्राज ! यहाँ आउ र आराम गर।' उहाँले आफ्नै आसन छोड्नुभयो। एकपछि अर्को गर्दै परीहरू त्यहाँ आएर उनलाई मायाले आफ्नो न्यानो अँगालोमा बेर्न थाले। उनीहरूले सम्राजलाई सबैभन्दा स्वादिष्ट खाना दिए जुन उसले पहिले कहिल्यै खाएको थिएन। उनले आनन्दका साथ उक्त खाना खाए।

ईश्वरले उनलाई जमेको अमृतको तालमा लिएर जानुभयो। यदि त्यो ताल जमेको थिएन भने उनले अमृतको वास्तविक स्वाद लिने थिए ता कि उनलाई कुनै चिजले पनि छुन सक्दैनथ्यो। ईश्वरले उनलाई एक कचौरा दिमाग तेजिलो पार्ने झोल दिनुभयो जुन एकदमै तीतो थियो। यदि उनले त्यो झोल पिएमा किताबमा भएका हरफहरू एक चोटी पढ्दैमा सम्झिन सक्थे।

उनले त्यो कचौरा समात्दै त्यसमा भएको झोल एक श्वासमै पिए। ईश्वरले उनलाई आफूमा भएको सद्गुणहरू जीवनभरि नै अपनाउनको लागि सल्लाह दिनुभयो। 'बाबुआमालाई ईश्वरलाई जस्तै व्यवहार गर, शिक्षकशिक्षिकालाई बाबुआमालाई जस्तै व्यवहार गर, दिनदुःखीलाई आफन्तलाई गर्ने जस्तै व्यहार गर र के नबिर्स भने अरूलाई सहयोग गर्नु भनेको आफैंलाई सहयोग गरे जस्तै हो', उहाँले थप्नुभयो। सम्राजले भने, 'निश्चय नै म मानवहितका लागि सबै चिज गर्न तयार छु।' उनले त्यहाँ पाँच घन्टा पूरै आनन्दका साथ बिताए र नैतिक शिक्षा पनि पाए।

फेरि वायुपंखी घोडा उनलाई घरसम्म छोड्नको लागि तयार भयो। जब उनी माथिल्लो संसार छोड्न तयार भए ईश्वरले उनलाई भन्नुभयो, 'सम्राज ! यो हीराको मूर्ति मायाको चिनो स्वरूप तिमीलाई सद्गुण प्रदान गरी आफ्नो जीवन समर्पण गर्नुहुने बाबुआमालाई देऊ, तिम्रा शिक्षकशिक्षिकालाई पनि मेरो तर्फबाट धन्यवाद सुनाइदेऊ र तिम्रा साथीहरूलाई पनि अनुशासित हुन भन ता कि मैले अर्को साल अर्को विद्यार्थीलाई अर्को नैतिक शिक्षा दिन यहाँ बोलाउन सकुँ।'

सम्राज हुन्छ भनी खुसी हुँदै घर आए। ईश्वरले पठाएको मायाको चिनो आफ्नो बाबुआमालाई दिए। उनको अनुभव उहाँहरूलाई सुनाए। भोक नभएकाले केही पनि नखाई सुत्न गए र स्वर्गीय संसारको सपना देख्न थाले।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2