MENU

तारेभीरको टिजर सार्वजनिक, १९ जेठमा रिलिज

635x90_1

अन्नपूर्ण बिहीबार, फागुन ५, २०७३ 2402 पटक पढिएको

Share This

635-X-85

काठमाडौं (अन्नपूर्ण): चलचित्र 'तारेभीर'को टिजर रिलिज भएको छ। रिलिजको दिन नजिकिँदै जाँदा चलचित्रको टिजर सार्वजनिक गरिएको हो। चलचित्र १९ जेठमा रिलिज हुँदैछ। टिजरमा एक्सनलाई प्राथमिकता दिइएको छ।

नारीप्रधान एक्सन चलचित्र 'तारेभीर'को केही समयअघि मात्र पहिलो गीत सार्वजनिक गरिएको थियो। लोकशैलीको 'नीलो नीलो खुला आकाश' बोलको गीतलाई दर्शकले रुचाएका छन्।

नेक्स्ट जेनेरेसन इन्टरटेनमेन्टको ब्यानरमा प्रस्तुत चलचित्र देउकृष्ण देवनले निर्माण गरेका हुन्। सेन्सर बोर्डबाट 'पीजी' सर्टिफिकेट पाएको चलचित्र कलाकार प्रेम सुब्बाले निर्देशन गरेका हुन्। चलचित्र जाँचपासपछि 'तारेभीर'को पहिलो विशेष सो २ फागुनमा धरानस्थित गणेश टाकिजमा गरिएको थियो।

चलचित्रमा विष्णु चेम्जोङ, नवीन कार्की, रेखा फागो, प्रेम सुब्बा, दीपेश श्रेष्ठ, अजय माझी, मञ्जु श्रेष्ठ, रञ्जित राना र निर्मल थापाको मुख्य अभिनय छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2