MENU

साकिराको एउटा तस्बिर, जो बार्सिलोना ४–० ले हारेपछि भाइरल बन्यो

635x90_1

एजेन्सी बिहीबार, फागुन ५, २०७३ 41764 पटक पढिएको

Share This

635-X-85

काठमाडौंः चर्चित कोलम्बियन गायिका साकिराले सामाजिक सञ्जालमा पोष्ट गरेको एउटा तस्बिर भाइरल बनेको छ। गत फेब्रुअरी २ तारिखबाट ४० वर्षमा पाइला टेकेकी साकिराले अाफ्नै तस्बिर सामाजिक सञ्जालमा हालेकी हुन्।

तर, बार्सिलोनाका स्टार खेलाडी जेरार्ड पिकेकी श्रीमती साकिराको त्यो तस्बिरलाई बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा पीएसजीविरुद्धको खेलमा पराजित भएपछि सामाजिक सञ्जालमा भाइरल बनाइएको हो। भाइरल भएको तस्बिरमा साकिराले हातको औंलाको ४–० को संकेत गरेजस्तो देखिन्छ।

साकिराले यसअघि बार्सिलोना कुनै चर्चित क्लबविरुद्ध खेल्नुअघि स्कोरको अनुमानसहितको त्यस्तै संकेत देखिने तस्बिर राख्ने गरेकी थिइन्। त्यसैले पनि होला बुधवार बिहान फ्रान्सको पेरिसमा भएको च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटर फाइनलको पहिलो लेगमा बार्सिलोना पीएसजीसँग ४–० ले पराजित भएपछि साकिराको उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको मार्काले जनाएको छ।

फुटबल प्रेमीहरुले बार्सिलोनाले पीएसजीसँग खेल्नु अघिको नतिजाको अनुमानसहित तस्बिर राखेको उल्लेख गरेका छन्। गत फेब्रुअरी २ मा साकिरा ४० वर्षमा पाइला टेकिन्। त्यो सन्देश साकिराले आफ्नो औंलाले ४–० अर्थात ४० वर्ष पुगेको संकेत दिएको भन्दै आलोचनाको प्रतिरक्षा गर्नेहरु पनि धैरै छन्।

बार्सिलोनाले पीएसजीसँग ४–० गोल अन्तरले हारेपछि फुटबल प्रेमीहरुले तत्काल साकिराको उक्त तस्बिर फेसबुक, ट्वीटर र इन्स्टाग्राममा राखेर भाइरल बनाएका हुन्।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2