MENU

एमालेबाहेकका शक्तिलाई राप्रपाले धक्का दिन सक्छ: अोली

635x90_1

अन्नपूर्ण शुक्रवार, फागुन ६, २०७३ 35167 पटक पढिएको

Share This

635-X-85

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एमालेबाहेकका राजनीतिक शक्तिहरुलाई धक्का दिन सक्ने बताएका छन्।

शुक्रबारबाट सुरु भएको राप्रपाको एकता महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले राम्रो नीति लिए राप्रपाले एमालेबाहेकका राजनीतिक शक्तिलाई धक्का दिन सक्ने बताएका हुन्। ओलीले भने,‘ सहि नीति लिएर अघि बढे एमालेबाहेकलाई ठूलो धक्का दिन सक्छ। त्यो सम्भव छ। अरु होसियार भए हुन्छ।’

ओलीले संविधान संशोधन प्रस्ताव देशको हित र जनताको भावनाविपरीत रहेको बताए। उनले संशोधन प्रस्ताव जबरजस्ती ल्याएको भन्दै त्यो पास हुन नसक्ने ठोकुवा गरे। उनले भने,‘प्रमुख प्रतिपक्षी दल एमाले संशोधनको विरुद्धमा छ। राप्रपा पनि त्यसको विपक्षमा छ। अनि कसरी पास हुन्छ?’

उनले ९० प्रतिशतभन्दा बढी सांसदको हस्ताक्षर भएको संविधान नै सर्वस्वीकार्य भएको बताए। उनले भने,‘सवैले मान्ने भन्ने कुरा कहाँबाट आउँछ। यो संविधान संशोधन प्रस्ताव एमाले मान्दैन। पास हुँदैन म ठोकुवा गर्छु।’

ओलीले राप्रपालाई राष्ट्रवादी शक्तिका रुपमा आफूलाई उभ्याउन समेत आग्रह गरे।

यो पनि पढ्नुस्: 

देउवाले भने,‘राप्रपाको झापामै बढी भोट आएको छ, ओलीजी होसियार हुनुस्’

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

635x90_2